Powered by Blogger.
...कल्चर’ ले समाज परिवर्तनमा नयाँ आयम थप्नेछ : उपप्रमुख खड्ग गोपाली

थाहानगर /  समाजलाई परिवर्तनको बाटोमा डो¥याउन सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताएका छन् । थाहा केन्द्रले निमार्ण गर्न लागेको पहिलो नेपाली कथानक चलचित्र परिवर्तित मनको सम्बाहक .....कल्चर’को शुभमुहर्त कार्यक्रममा बोल्दै थाहानगरपालिका उपप्रमुख खड्ग गोपालीले यस चलचित्रले समाज परिवर्तन गर्नमा नयाँ आयम थप्ने विश्वास लिएको बताएका छन्।

थाहा कला केन्द्रको विगत देखि नै समाजमा हित हुने खालका कार्यक्रम तथा सामाजिक कार्य गरिरहेको स्मरण गर्दै कला र संस्कृतिको माध्यमबाट थाहानगरको समग्र पर्यटन प्रर्बद्धनमा ठुलो सहयोग पुग्ने विश्वास लिएको बताए । थाहाकला केन्द्रले देखाएको ईच्छाशक्ति र जागरुकतामा थाहा नगरपालिकाले सदैव साथ सहयोग गर्न तयार रहेको बताए ।
उनले थपे, “थाहा कला केन्द्र नगरको गहना हो, कला संस्कृतिलाई जगेर्ना गर्नु हामी सबै दाहित्व हो, यस दाहित्वलाई नभुलि....कल्चर’ निमार्ण टोलिलाई सबैले साथ दिनु पर्छ ।”
समाजमा सकारात्मक विकास, सामाजिक सचेतना अभिबृद्धि गर्नेे खालको चलचित्र निर्माण तर्फ लागिरहेको थाहा कला केन्द्रका अध्यक्ष तथा फिल्मका निर्देशक सानोबाबु मोक्तानले बताए ।
थाहा कला केन्द्रका अध्यक्ष तथा फिल्मका निर्देशक सानोबाबु मोक्तानले भने,“चलचित्रमा मानिस कसरी आत्मा हत्या गर्न सम्म पुग्छन् र यसको न्यूनिरकण गर्नको लागि चालेका प्रयासलाई आधार बनाई त्यसलाई पर्दामा उर्तानेछौँ ।”
उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेर कला र संस्कृति संरक्षणमा जुटिरहेको थाहा कला केन्द्रले निर्माण गर्ने चलचित्र र्दशकलाई मनोरंजनको साथसाथै प्रेरणा, आशा र उर्जा दिन सफल हुने आशा समेत लिएको मोक्तानको भनाई छ ।

चललिचत्रको छायांकन थाहा नगरपालिकाको रमणीय ठाउँ भाङखोरिया (कोटथुम्की) बाट सुरु भएको निर्देशक मोक्तानले बताए । उनले भने,‘समग्र मकवानपुरको ऐतिहाँसिक तथा पर्यटिकय क्षेत्रहरुलाई केन्द्र विन्दुमा राखेर ...कल्चरको छायाँकन हुनेछ ।’ यो फिल्म समाजको कुना–कुनामा सबैको पहुँच पुग्ने गरि चलचित्रलाई प्रदर्शन गरिने जनाएको छ ।
चलचित्रमा रिता मगरले कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्र्दैछिन् । यसैगरि साँगीतिक तर्फ मुक्तिनाथ उप्रेती र बिवेक पाख्रिनले भुमिका निवार्ह गर्नेछन् । असोज सम्ममा सक्ने गरि छायाँकन सुरु गर्ने जनाएको छ ।
सो फिल्ममा कलाकारहरु विना मुक्तान, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायत अभिनय गर्दैछन् ।
Image may contain: 7 people, people smiling, people standing, mountain, child, sky, outdoor and nature
चलचित्रको छायाँकन भने श्याम गौतमले गर्दैछन् । चलचित्रलाई सुनौलो बिहानी युवाक्लब र सर्वनाम थिएटरका सगुन तामाङको विशेष सहयोग रहनेछ । लाभा मिडिया प्रा.लि.द्धारा थाहा कला केन्द्रको प्रस्तुतीको रुपमा रहेको चलचित्र ...कल्चर’ को बैशाख २६ गतेबाट शुभमुहर्त भएको हो । कार्यक्रका अतिथिहरुले कला केन्द्रले गरेको योगदानको विषयमा चर्चा गर्दै चलचित्रको सफलताको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।
दामनपोष्टका तर्फ सम्पूर्ण निर्माता टिमलाई हार्दिक शुभकामना 

0 comments

Write Down Your Responses