Powered by Blogger.
बिडारी परिवारद्धारा टिष्टुङ बज्रवाराहीमा नन्दिकेश्वर महादेवको मन्दीर स्थापना


मकवानपुर । मकवानपुरको टिस्टुङ बज्रबाराही स्थित थाहा नगर पालिका वडा नम्बर छ मा नन्दीकेश्वर महादेवको मन्दीर स्थापना गरिएको छ । 

स्थानीय पुरुषोत्तम बिडारी, राजन बिडारी लगायत बिडारी परिवारको पहलमा निर्मित मन्दीरको थाहा नगर पालिकाका प्रमुख लवशेर विष्टले शिलापत्र अनावरण गरेर उद्घाटन गरेका हुन् ।

बिडारी परिवारले आफ्ना पित्रृ उद्धार एवं सबै समुदायको कल्याणको कामना गर्दै सो मन्दीर आफुहरुको निजी लगानीमा स्थापना गरेर समुदायलाई हस्तान्तरण गरेका हुन् । 

ऐतिहासिक टिस्टुङ उपत्यककाको चलन चल्तिको भाषामा तल्लो महादेवस्थानका रुपमा परिचित उक्त स्थानमा त्रिवेणीधाम रहेको र भगवान शिवको सेवक नन्दीको स्वरुपमा नन्दीकेश्वर महादेव परापुर्व कालमा स्थापना भएको किम्वदन्दी छ । 



तपोभुमीको रुपमा रहेको स्थानमा कुनै मन्दीर नभएको र अलपत्र रुपमा रहेको भन्दै बिडारी परिवारले आकर्षक मन्दीर स्थापना गरी शिवलिङको पनि प्राण प्रतिष्ठा गरेको हो । सो प्राणप्रतिष्ठामा हवन, अनुस्ठान र लाखवत्ती बाल्ने काम सम्पन्न भएको थियो ।

कार्यक्रममा नगर प्रमुख विष्टले धार्मिक महत्वको सो स्थानलाई संरक्षण गर्ने जिम्मा अबदेखि नगरपालिकाको भएको जानकारी दिँदै आगामी बजेमा पन सो क्षेत्रको विकासका लागि रकम निकासा गरिने प्रतिवद्धता जनाए । वडाअध्यक्ष शशिधर सुबेदीले बिडारी परिवारको सकारात्मक कार्यको खुलेर प्रशंसा गर्दै यस्ता काममा सबैले साथ दिनुपर्ने आवश्यकता औंल्याए । 

पुजामा स्थानीय भक्तजनहरु र भजनटोलीको समेत सक्रिय सहभागिता रहेको थियो । 




0 comments

Write Down Your Responses