Powered by Blogger.
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक (हेर्नुस् नतिजा)

Image result for कोरियन भाषा परीक्षाको नतिजा सार्वजानिकमकवानपुर / सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

 यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिएका छन् । यो वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटा भन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्।

सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा प्रकाहित गर्न धेरै समय लगाउँदैन ।
यहाँ क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1TRGSz36u2IQsn1itWYT14LeGmFRqtRMb/view

0 comments

Write Down Your Responses