Powered by Blogger.
बजेटमा सञ्चार क्षेत्रका पर्याप्त समस्या नसमेटिएकोमा पत्रकार महासंघको आपत्ति


काठमाडौ । नेपाल सरकारले हालै ल्याएको बजेटमा सञ्चार क्षेत्रलाई वेवास्ता गरिएको वरिष्ठ पत्रकारहरुले टिप्पणी गरेका छन् । 

मुलुकको हालसम्म भएको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सञ्चारमाध्यमहरुलाई आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि प्रस्तुत गरेको बजेटमा सम्बोधन नभएको एक कार्यक्रमको बीच वरिष्ठ पत्रकारहरुले धारणा राखे ।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीले सदियौंदेखि निरंकुश शासनको विरुद्धमा लेख्दा राज्यबाट कडा यातना, जेल, नेललगायतका दुःख पीडाहरु भोग्नुपरेको भएपनि खुट्टा नकमाई निष्पक्ष भई जनताको पक्षमा कलम चलाउँदै आएकै कारण मुलुकमा जहानियाँ राणशासन देखि राजतन्त्रको अन्त्य भएको र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुक प्रवेश गर्न सफल भएको बताउँदै अहिले आएर त्यस्ता किसिमको पत्रकार र पत्रिकाहरु नामेट हुने अवस्थामा पुगेको बताए । 

राजधानीको सञ्चार केन्द्र नेपालमा पूर्वअर्थमन्त्री डा. सुरेन्द्र पाण्डेसमेत रहेको कार्यक्रममा उनले  आमसञ्चार क्षेत्रका लागि बजेटमा केही कुराहरु राम्रा आएका भएपनि स्वरोजगार मुखी पत्रकार, पत्रिका र विद्युतीय सञ्चारमाध्यमको लागि गर्व गर्ने खालको बजेट नआएकोमा खेद प्रकट गरे ।

त्यसैगरी वरिष्ठ पत्रकारद्वय दामोदरप्रसाद दवाडी र विष्णु प्रसाईंले समेत लामो समयदेखि देश र जनताको पक्षमा कलम चलाउँदै आएपनि लोकतन्त्रपश्चात् स्वरोजगारमुखी पत्रकारहरुको विषयमा राज्यले कुनै सम्बोधन नगर्नुले आफूँहरु मर्कामा परेको बताए । 

त्यसोत पूर्वअर्थमन्त्री पाण्डेले भने वरिष्ठ पुराना पत्रकारहरुलाई जिविकोपार्जनका लागि राज्यले पेन्सको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रेस काउन्सिल नेपालका सदस्य तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्ण बहादुर कार्कीले सञ्चार क्षेत्र लोकतन्त्रको एउटा टायर भएको बताउँदै लोकतन्त्र ल्याउनका लागि लडेका सञ्चार क्षेत्र मरेमा लोकतन्त्रपनि मर्ने ठोकुवा गर्नुभयो । 

आफैं घिस्रिएर राज्यलाई सहयोग गर्दै आएको सञ्चार क्षेत्रलाई अब राज्यले सहयोग गर्नुपर्ने उनको जिकिर थियो । 
कार्यक्रममा उपभोक्तावादी नेता ज्योति बानियाँ, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.चन्द्रमणि अधिकारी, कम्युटर एशोसियनका अध्यक्ष विनय बोहरालगायतले नयाँ बजेट र सञ्चार क्षेत्र विषयक कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।








0 comments

Write Down Your Responses