Powered by Blogger.
इन्द्रसरोवरको दुइ वडा ‘वालमैत्री’ घोषणा हुँदै, मन्त्री लालबाबुले आतिथ्यता जनाउने


मकवानपुर । मकवानपुरको एक गाँउ पालिकाको २ वटा वडा वालमैत्री वडाका रुपमा घोषणा हुने भएको छ ।  ईन्द्रसरोवर गाउँपालिकाको ४ र ५ वडा संयुक्त रुपमा वालमैत्री वडाका रुपमा घोषणा हुन लागेको हो । 

आगामी जेठ २९ गते मंगलबार फाखेल स्थीत पुरुण्डीमा भव्य कार्यक्रम गरी उक्त घोषणा हुन लागेको हो । 

उक्त घोषणका लागि सघीय मामला तथा सामान्य प्रशासन मन्त्री  लालबाबु पंडित मंगलबार फाखेल आउने निश्चीत भएको गाँउपालिका का अध्यक्ष जीवन लामाले जानकारी दिए । 

ईन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ लाई यहि जेठ २९ गते बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा  वालमैत्री वडाका रुपमा घोषणा गर्न लागिएको हो । 

कार्यक्रममा सांसद, राजनीतिक दलका प्रतिनिधी तथा विभिन्न संघ संस्थाका प्रतिनधीका साथै नागरिक समाजको पनि सहभागिता रहने बताइएको छ । 

बि.स. २०६३ सालदेखि नै साबिक फाखेल गा.बि.स.लाई बालमैत्री घोषणा गने प्रयासमा रहे पनि हाल ईन्द्रसरोवर गाउँपालिका भैसक्दा गाउँपालिकाको ५ वटा वडाहरु मध्ये दुईवटा वडाहरु ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो ।

बालमैत्री घोषणा कार्यक्रमको मिति नजिकिएसंगै फाखेल कार्यक्रमको ब्यवस्थापनको तयारी तिब्र परिएको गाँउ पालिकाका कार्यकारी अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । 



0 comments

Write Down Your Responses