Powered by Blogger.
व्यावसायी द्धोय बानीयाँ र पंडितको सम्मान


काठमाडौं । श्री अनाश्रित वालवालिका उत्थान केन्द्रले व्यवसायी द्धोय मधुसुदन बानीयाँ क्षेत्री र जियालाल पंडितको सम्मान गरेको छ ।

शनिवार डल्लु स्थित केन्द्रमै आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण शिवाकोटीले व्यवसायी द्धोयलाई खादा र सम्मान पत्रद्धारा सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौ. शाखाका अध्यक्ष शन्तराम बिडारी, नेपाल पत्रकार महाससंघ काठमाडौं शाखाका केन्द्रीय पार्षद तथा रेखाङ्कन मासिकका प्रधान सम्पादक शैलेन्द्र केसी लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा अतिथिहरुले सो केन्द्रद्धारा आश्रित वालवालिकाहरुसंगै संगै खाना खाएर आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

व्यवसायी वानीयाँ क्षेत्रीले सबै वालवालिकाहरुलाई एक एकजोर लत्ता कपडा खरीद गरिदिने प्रतिवद्धता जनाए भने व्यवसायी पंडितले प्रतिमहिना एक बोराका दरले चामल नियमित रुपमा प्रदान गर्ने प्रतिवद्धता जनाए ।

पुर्व जनसेना समेत रहेका शिवाकोटीले विभिन्न जिल्लाका असाहय र जनयुद्धको चपेडामा परे अन्यौल भविश्य भएका १६ जना बच्चा आफैं घरैमा आश्रय दिनुका साथै पढाइरहेका छन् ।




0 comments

Write Down Your Responses