Powered by Blogger.
योजना आयोग सदस्य बस्नेतको सम्मानमा कार्यक्रम


काठमाडौं । निवर्तमान नेकपा एमाले ३ नम्बर प्रदेश सम्पर्क समन्वय संगठन कमिटीका संयोजक श्यामकुमार बस्नेतको सम्मानमा बधाइ तथा शुभकामना कार्यक्रम गरिएको छ ।

शनिवार बागबजार स्थित प्रदेश कार्यालयमा संयोजक बस्नेतको सम्मानमा शुभकामना तथा वधाई कार्यक्रम आयोजना गरिएको हो ।

प्रदेश कमिटीका प्रमुखलाई ३ नम्बर प्रदेश सरकारले प्रादेशिक योजना आयोगको सदस्यमा नियुक्त गरेकोमा हार्दिक बधाई सहित सफल कार्यकालको निम्ति शुभकामना दिन कार्यक्रम आयोजना गरिएको सो कमिटीका सहसंयोजक अशोक ठकुरीले जानकारी दिए ।

नेकपाका युवा नेता, वातावरण कानुनका बिज्ञ तथा वरिष्ठ पत्रकार समेत रहनुभएका श्यामकुमार बस्नेतको सम्मानमा चियापान समेत आयोजना गरेर कार्यकाल सफलताको कामना गर्दै सहभागीहरुले उहाँलाई  खादा, माला र टिका लगाइदिएका थिए ।

कार्यक्रमको सञ्चालन सचिव रणकुमारी बलम्पाकीले गर्नुभएको थियो भने सहसंयोजक ठकुरीले सबैका तर्फबाट बधाइ मन्त्व्य राख्नुभएको थियो ।

कार्यक्रममा सो कमिटीका सदस्य एवं प्रेस चौतारी नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, प्रेस काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्दप्रसाद चौलागाँइ लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्व्य राख्दै  नवनियुक्त सदस्य बस्नेतले बधाई र सम्मानका खातिर सबैलाई धन्यवाद दिँदै सहकर्मीहरुको मनोभावना समेटेर काम गर्ने प्रतिवद्धता जनाए । 

उनले आगामी विधानमा सम्पर्क मञ्चहरुको भुमिकालाई प्रभावकारी ढंगले समेट्नुपर्ने बताउँदै मञ्चमा आवद्ध थुप्रै विषय विज्ञहरुलाई केन्द्रीय तथा प्रादेशिक सरकारमा उपयोगमा ल्याउदै राष्ट्रनिर्माणमा टेवा पु¥याउनुपर्ने बताए । 





0 comments

Write Down Your Responses