Powered by Blogger.
थाहामा राष्ट्रिय काव्य उत्सव सम्पन्न


पालुङ । थाहा आन्दोलनको प्रणेता रूपचन्द्र बिष्टको १९ औ स्मृति  दिवसको सन्दर्भमा पालुङ साहित्य परिषद्को सयोजकत्व तथा थाहा नगरपालिकाको आयोजनामा मकवानपुर जिल्लाको उत्तरी क्षेत्र स्थित बिकास घरमा राष्ट्रिय काव्य उत्सव २०७५ सम्पन्न भयो ।

राजनीति ,बिकास र शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका प्रगतिवादी चिन्तक रूपचन्द्र बिष्टको सम्मानमा कार्यक्रम आयोजना गरेको साहित्य परिषद्को अध्यक्ष बिर्खे अञ्जानले बताउनु भयो ।

थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टको सभापतित्वमा सञ्चालन भएको काव्य उत्सवमा थाहा ३ का वडा अध्यक्ष राजेश केसीले स्वागत मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रममा विशिष्ट अतिथिकारूपमा प्रा डा भीम खतिवडा ,गोर्खे साँइलो, प्रोल्लास सिन्धुलीय, कलानिधि दहाल,पोष्टराज चापागाईं, हरिकृष्ण काफ्ले ,शितल गिरि,निमेष निखिल, हयग्रीव आचार्य ,जीविका खतिवडा ,स्नेह सायमी लगायत हुनुहुन्थ्यो भने रूपचन्द्रको ब्यक्तित्वका बारे स्नेह सायमी ,ऋषिराम पाख्रिन र प्रमुख अतिथि रामनारायण बिडारीले प्रकाश पार्नु भएको थियो । 

राष्ट्रिय काव्य उत्सवमा सात प्रदेश बाट ३५ जिल्लाका ६२ प्रतिनिधि कविहरूको उपस्थिति थियो । थाहा दर्शन,प्रगतिवादी चिन्तन बोकेका कविता प्रस्तुत भएको सो राष्ट्रिय काव्य उत्सवले रूपचन्द्र बिष्टको योगदानको मात्रै चर्चा नभइ यस्ता किसिमको कार्यले भाषा ,साहित्यको सँरक्षणको साथसाथै साहित्य पर्यटनको पनि प्रर्वद्धन हुने कुरा सहभागीहरूले बताए । 

तस्बिरहरुः लियो गणेश बिष्ट





0 comments

Write Down Your Responses