Powered by Blogger.
वरिष्ठ पत्रकार गौतम थप उपचारका लागि बैंकक जाँदै


काठमाडौं ।  वरिष्ठ पत्रकार तथा ४६ वर्ष पुरानो  साप्ताहिक पत्रिका रहस्य साप्ताहिकका सम्पादक तथा प्रकाशक मुरारीप्रसाद गौतम थप उपचारका लागि बैंकक जानुहुने भएको छ । 

लामो समयदेखि विभिन्न रोगहरुले ग्रस्त उहाँ पछिल्लो पटक घाँटीमा समस्या देखिएपछि थप उपचारका लागि मंगलबार बैंकक जान लाग्नुभएको हो ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाबाट केन्द्रीय पार्षद समेत रहनुभएका गौतमको उपचार बैंककको बुम्रुङगार्ड अस्पतालमा हुने तय भएको पारिवारिक स्रोतले बतायो । 

सोही अस्पतालमा १९ वर्षअघि भोकलकर्ड क्यान्सरको अप्रेशन गरेर फर्किनुभएका उहाँ नियमित परिक्षणका लागि त्यसतर्फ प्रस्थान गर्ने तय भएको उहाँकी जीवनसंगीनी तथा रहस्य साप्ताहिककै प्रवन्ध सम्पादक उर्मिला शाही गौतमले जानकारी दिनुभयो । 

भोकलकर्डपछि उहाँको दुई वटा अप्रेशन भइसकेका छन् । काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा १५ वर्ष अघि मुटु र २ वर्ष ओम अस्पतालमा पित्त थैलीको अप्रेशन गरिएको थियो । 

त्यतीमात्र होइन दुई वर्ष अघि राजधानीको ग्राण्डी अस्पतालमा उहाँको मुटुमा पेशमेकर जडान गरिएको थियो ।

यसैबीच विभिन्न रोगले थलिएर लामो समयदेखि स्वदेश तथा विदेशमा उपचार गराएर मात्र उहाको करोडौं खर्च भइसकेको तथा राज्य एवं अन्य संघसंस्थाहरुले कुनै सहायता नदिएको उहाँले बताउनुभयो ।

४६ वर्षदेखि पत्रकारिता बाहेक अन्य कुनै पेशामा आवद्ध नरहनुभएका गौतमले राज्यलाई दिएको योगदानको कदर गरिनेपर्ने र सरकारी तहबाटै उपचारको व्यवस्था गरिनुपर्ने उहाँका शुभचिन्तकहरु बताउँछन् । 

यसैबीच महासंघको काठमाडौं शाखाले उहाँको  बैंकक यात्रा सफलताको कामना सहीत शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 




0 comments

Write Down Your Responses