Powered by Blogger.
इन्द्रसरोबरका दुई वडा प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री वडा घोषणा (११ तस्बिर सहित)


मकवानपुर । उत्तरी मकवानपुरको इन्द्रसरोबर गाँउपालिकाका दुई वडा लाई प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । 

मंगलबार फाखेलमा आयोजित एक विशेष कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ लाई  संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडितले बालमैत्री वडा घोषणा गरेका हुन् । 

बिश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गतेको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले बालमैत्री स्थानीय शासनको प्रणालीका लागी इन्द्रसरोवर गाउँपालिकाको साबिक फाखेल गाबिसले बालमैत्री स्थानीय शासनको सुचकहरुमा ९५ प्रतिशत पुरा गरेको दावी गरिएको थियो ।

 जस अनुरुप नै सुचकहरुको शतप्रतिशत नजिक पुगेको तथ्यांकअनुसार नै फाखेलले घोषणा समारोहको आयोजना गरेको गाँउपालिकाका अध्यक्ष जीवन लामाले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा मकवानपुर जिल्ला क्षेत्र नं २ संघीय सभाका सदस्य बिरोध खतिवडा, प्रदेश सभा सदस्य माधव पौडेल, पुर्व जिविस सभापति तथा सांसद वीरबहादुर लामा, पुर्व संविधानसभा सदस्य सुभाष ठकुरी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, उपप्रमुख भगवती पुडासैनी, नेपाल पत्रकार महासंघ काठमाडौं अध्यक्ष शन्तराम बिडारी, राजनीतिकर्मी तथा समाजसेवी रामचन्द्र बल लामा लगायतको विशेष आतिथ्यता थियो ।  

५ नम्बर वडा अध्यक्ष धनराज महर्जनको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य अर्का वडाअध्यक्ष धनवीर स्याङ्तानले गरेका थिए । कार्यक्रममा स्थानीय अशोक लामा लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

कार्यक्रममा बिभिन्न जातिय संस्कृति अनुसारका झाँकी प्रदर्शन, सांस्कृतिक नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा बालमैत्री वडा घोषणा गरिएको थियो ।  

इन्द्रसरोव गाउँपालिकाको वडा नं ४ पुरण्डीमा सञ्चालन भएको उक्त ऐतिहासिक कार्यक्रममा स्थानीय जनता र विद्यार्थीहरुको व्यापक सहभागिता थियो । 

कार्यक्रममा प्लान इन्टरनेशनलका प्रतिनिधी, केन्द्रीय वालकल्याण समितिका प्रतिनिधी, मन्त्री लालबाबु पंडितका पिए होम लुइटेल, अन्य सामाजिक संघसंस्थाका प्रतिनीधीहरुको सहभागिता थियो । 

झण्डै १० वर्ष अघि प्रारम्भ गरिएको अभियानले सबै सुचकहरु प्राप्त गरी पुर्णता पाएकोमा आफुहरुलाई ज्यादै खुसी लागेको गाँउपालिकाका कार्यकारी अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । 

कार्यक्रमको सञ्चालन मन्जरी बलामीले गरेकी थिइन् । 












0 comments

Write Down Your Responses