Powered by Blogger.
रुदानेको स्मृतिमा राष्ट्रिय कवि सम्मेलन हुँदै


काठमाडौं । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । थाहा आन्दोलनका अगुवा स्वर्गिय रुपचन्द्र विष्ट रुदानेको स्मृति दिवसको अवसरमा कवि सम्मेलन गर्न लागिएको हो । 

सम्मेलन असार ७ गते विकास घर शिखरकोटमा हुने स्थानीय लक्ष्मणप्रसाद बर्तौला (बिर्खे अन्जान)ले जानकारी दिए ।

थाहा नगरपालिका र पालुङ साहित्य परिषद्को संयुक्त आयोजनामा हुने सम्मेलनमा मुलुकभरका सातै प्रदेशका साहित्यकारहरुको सहभागिता रहने बताइएको छ ।  

लामो समयदेखि साहित्यको क्षेत्रमा क्रियाशील साहित्य परिषद्ले यस पटक भने राष्ट्रिय सम्मेलन गर्न लागेको अध्यक्ष बर्तौलाले जानकारी दिए । 

राष्ट्रिय कवि सम्मेलनले मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्ने विश्वास लिइएको छ । थाहा नगरमा नै पहिलो पटक आयोजना गर्न लागिएको सम्मेलनको तयारी तिब्र पारिएको अध्यक्ष बर्तौलाले जानकारी दिए । 

सम्मेलनलाई सफल पार्नको लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

0 comments

Write Down Your Responses