Powered by Blogger.
आमा समुह रात्रि गस्ती अभियान टोलिलाई सम्मान

मकवानपुर /  लागूऔषध दुव्र्यसनी र महिला हिंसा न्यूनिकरणमा सकृय मकवानपुरको हेटौडा उपमहानगगरपालिका वडा नम्बर ९ मा रहेका पुष्पाञ्जली आमा समुह गस्ती अभियान टोलिलाई सम्मान गरेको छ । 
सिआन पुर्नस्थापना केन्द्र र हेटौडा उपमहा नगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजना लियो क्लव अफ हेटौडा भुटनदेविको सहयोगमा सो टोलिलाई खादा सहित मायाको चिनो प्रदान गरि सम्मान गरेको लियो क्लव अफ हेटौडा भुटनदेविका तृतिय उपाध्यक्ष रुपक कालिराजले बताए ।
वडा नम्बर ९ का अध्यक्ष लक्ष्यमण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको सम्मान तथा लागुऔषध अनुशिक्षण कार्यक्रममा सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले आगुऔषधमा कसरी युवा फस्छन र उपचार गर्ने विधिबारे र लियो क्लव अफ भुटनदेविका अध्यक्ष अनिल अधिकारीले नेतृत्व गर्ने विषयमा रहेर सहजीकरण गरेका थिए ।
 
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै आमा समुहका अध्यक्ष कल्पना थापा मगरले यस सम्मानले अझ उर्जा मिलेको र समाजसेवामा लाग्नको लागि आमा दिदि बहिनीहरुलाई हौसल्ला मिलेको बताईन । उनले थपिन्,  ‘हामी सिआन पुर्नस्थापना केन्द्र र लियो क्लव अफ हेटौडा भुटनदेवि सँग सहकार्य गरेर  जान तयार छौँ । ’ 
यस अभियानमा लागेका समाचार विभिन्न मिडियाले समाचार बनाएर सबै सामु चिनाउनको लागि खेल्नु भएका भुमिकाको प्रसंशा गर्दै यस अभियानलाई हामी हरेक वडामा गर्ने तायरी गरिहरेका बताईन् । 
Image may contain: 6 people, people standing
टोलमा विकृति विसंगति बढ्नै गइरहेको कारण आमा समु्हले गरेका यस अभियानले जाँडरक्सी खाएर श्रीमान् श्रमतीबीच हुने झै–झगडा, गाउँमा चोरी हुनेजस्ता घटना घट्दै गएको स्थानीय बासिन्दाले बताएका छन् ।
लागूऔषध दुव्र्यसनी र महिला हिंसाको अखडा बन्दै गएको हेटौंडा उपमहानगरपालिकाको पशुपतिनगरमा महिला गस्तीका कारण आजकल यस्ता विकृति निक्कै घटेको वडा अध्यक्ष भण्डारीले भनाई रहेको थियो । 
Image may contain: 1 person, standing
सो कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य सुकराम केसि, रेडियो निकासका बिबश अधिकारी,सिआन पुर्नस्थापना केन्द्रका पदाधिकारी,लियो क्लव अफ हेटौडा भुटनदेविका प्रदाधिकारीहरुको उपस्थिती रहेको थियो । Image may contain: 2 people

0 comments

Write Down Your Responses