Powered by Blogger.
३२५ बि २ का लायन्स तथा लियो क्लवको संयूक्त पदस्थापना यहि श्रावण १५ गते

मकवानपुर / लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५ बि २ नेपाल यरिया २ मकवानपुरले लायन्स तथा लियो क्लवको संयूक्त पदस्थापना कार्यक्रम यहि श्रावण १५ गते गर्ने भएको छ ।

आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुरमा भएको २३ वटा लायन्स क्लव र ८ वटा लियो क्लवको सयूक्त पदस्थापना कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ । लायन्स इन्टरनेस्नल डिस्ट्रिक ३२५ बि टु नेपालको डिस्ट्रिक गभर्नर लायन सुनिल ओझाको प्रमुख आथित्यता रहने कार्यक्रममा २५ जना डिस्ट्रिक क्यबिनेट अफिसरहरुको आथित्यता रहनेछ ।

सामाजिक सेवामा क्रियाशिल क्लवहरुले विशेष गरेर आई साइट, वातावरण, वालवालिकालाई लाग्ने क्यान्सर मधुमेह र युवामा केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।  मकवानपुर जिल्लामा लायन्सले  भुकम्प पिडित १५ प्रतिशत घरधुरीलाई सहयोग, मकवानपुर लायन्स फाउण्डेसनको स्थापना, वाल अपाङग् अस्पताल तथा प्रसुती गृहको लागि प्रस्तावना पेस गरेको विज्ञाप्तिमा भनिएको छ ।

लायन्स क्लव इन्टरनेस्नल आज भन्दा १ सय बर्ष अघि अमेरिकामा मेल्भिन जोन्सले स्थापना गरेका हुन भने नेपालमा मातृका प्रसाद कोइरालाले १९७१ मा लायन्स क्लवको स्थापना गरेका थिए । नेपालमा ११ सय वटा क्लवहरु छन ।

नेपालमा यस संस्थाले गरेका उल्लेखनिय कार्य मध्ये  व्याड र्वैँकको स्थापना, नेपाल लायन्स फाउन्डेन आँखा अस्पतालहरु, सोसल विजनेशको शुरुवात, मिजेल्स र रुवेला खोपको लागि नेपाल सरकारलाई सहयोग प्रकृतिक प्रकोपमा सहयोग,लायनस इन्टरनेस्नलबाट आज भन्दा ३ वर्ष अगाडि गएको भुकम्पमा १ करोट जतिको सहयोग त्यस्तै गरि भुकम्पबाट क्षेत्रिग्रष्ट विद्यालयको लागि ५० करोटको प्रस्ताव पारित गरेको समेत प्रेस विज्ञाप्तिमा भनिएको छ ।


0 comments

Write Down Your Responses