Powered by Blogger.
७ दिने मेहेन्दी तालिम सम्पन्न

Image result for मेहेन्दी तालिम picहेटौँडा  २८ असार/  मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा ७ दिने मेहेन्दी तालिम आज सकिएको छ । नेपाल राष्ट्रिय बाणिज्य संघ मकवानपुरको आयोजनामा तालिम भएको हो ।
तालिममा ५० जना महिला दिदी बहिनीले सहभागीता जनाएको संघका केशव मुडवरीले जानकारी दिएका छन् । मारवाडी एशोसिएसन मकवानपुरको सभाहलमा संचालित तालिममा निशा श्रेष्ठले सहजीकरण गरेकी थिईन् ।

समापन कार्यक्रममा सांसद मुनु सिग्देलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष विष्णुहरी पण्डितको अध्यक्षता रहेको थियो । कार्यक्रममा विशेष अतिथि सांसद जुनेली श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, सल्लाहकार विष्णुगोपाल महर्जन, हेटौँडा लेडी जेसिजकी अध्यक्ष अस्मिता श्रेष्ठ, मारवाडी एशोसिएसनका पवनकुमार अग्रवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses