Powered by Blogger.
कुलेखानीमा सुमो दुर्घटना, ८ जना घाईते, तीनजनाको अवस्था गम्भिर

Image may contain: plant, tree, outdoor and natureइन्द्रसरोबर गाउँपालिका,२८ असार /मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ मा यात्रुवाहक सबारी दुर्घटना भएको छ । बारा जिल्लाको निजगढबाट काठमाण्डौँको लागि जाँदै गरेको ना १ ज ३४८२ नंबरको सुमो हेटौँडा—कुलेखानी सडक खण्ड अन्र्तगत इन्द्रसरोबर गाउँपासलका वडा नंबर २ कुलेखानीमा दुर्घटना भएको हो ।
र्घटनामा पनि सुमोमा यात्रा गरिरहेका ८ जना घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाण्डौ लगिएको फाखेल प्रहरी चौकिले जनाएको छ ।
कुलेखानीको कलंकीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सुमो चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । सुमो सडकबाट करिब २५ मिटर तल खसेको थियो । घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको बताईएको छ ।
तस्विर : आश बहादुर तामाङ

0 comments

Write Down Your Responses