Powered by Blogger.
जनताकै काममा निरन्तर ब्यस्त छु


उमाकुमारी लामा, उपाध्यक्ष, इन्द्रसरोबर गाँउपालिका, मकवानपुर


गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम आएको छ, आगामी आर्थिक वर्षको आयोजनामा कुनकुन विषयलाई बढि फोकस गर्नुभएको छ ?

अहिले सम्मको हामीले काम गरेको अनुभवलाई आधार बनाउँदा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका लगायतका क्षेत्रलाई बढि फोकस गरेर अगाडि बढेका छांै ।

नयाँ बजेट कसरी  बाँडफाँट गर्नुभएको छ ?

जनताको इच्छा र चाहना बढि  नै छ । हामी संग स्रोत साधन त्यसको तुलनामा अत्यन्त कम छ । त्यो भाको कारणले गाह्रो भएको छ । त्यो मध्ये पनि अति आवश्यक के के हुन्, त्यो छुट्याएर अगाडि बढीरहेका छौं । हामीले त्यसै अन्तर्गत शिक्षा र स्वास्थ्यलाई बढि फोकस गरेका छौं । 

साथै आयआर्जनको योजना पनि अघि सारीएको छ । इन्द्रसरोवर गाउँपालिकामा महिला तथा बालबालिकालाई क्षेत्रमा उदाहरणीय काम गरेर आगामी ३ वर्ष भित्र बालमैत्री घोषण गर्ने  सोच छ । तसर्थ हामी महिलाको हकहितको क्षेत्रमा बढि फोकस भएका  छौ । 

मान्छेले  भने सोझो बुझाईमा सडक निर्माण  लगायतका अन्य पुर्वाधारका कामहरुलाई मात्र विकास भनेर बुझ्छन् । बिकास त खासगरी मानिसको चेतनामा हुनुपर्छ । 

त्यस कारणले हामीले शिक्षा, स्वास्थ्यमा महिला बालबालिकालाई लक्षित गरेर विकासका योजना बनाइरहेका छौं । र नीतिमा पनि त्यहि नै छ ।

बजेट कुन आकारको बनाउनु भएको छ ? 

आर्थिक वर्षको बजेटको आकार आवश्यकता र सिमिततालाई आधार बनाएर तय हुन्छ । भूगोल, जनसंख्या, आवश्यकता इत्यादीलाई हेरेर बजेट ल्याउने हो । अनि यो सडकहरुको वृहत मास्टर  प्लान बनाएर काम गरिँदैछ । 

अधिकाँश  स्थानमा बजेट निर्माणको क्रममा ठुला योजनाहरुमा केन्द्रीत गर्नुभन्दा पनि सबैतिर बाँडफाट गर्ने र कनिका छरे स्टायलको बजेट आँउछ , यसलाई रोक्ने के छ तपाईको सोच ?

अब चाँही सिस्टममा जाने हो ।  हिजोका दिनमा तत्कालिन गाउँ विकास समिति हँुदा त्यो खालको प्राक्टिस भएकै हो ।  

अब यो स्थानीय तह भैसकेपछि संरचना परिवर्तन भैसकेपछि हामीले आवश्यताका आधारमा, जनसंख्याको आधारमा, भूगोलको आधारमा बजेटलाई विनियोजन गरेर काम गर्दैछौं । भाग लाउने सिस्टमलाई हटाउने प्रयत्नमा छौ । 

गाउँपालिका स्तरको योजना अनुगमनको प्रमुख जिम्मेवारी पनि तपाईकै जिम्मामा छ ? विकासका बजेट सुरुमा खर्च नहुने र आर्थिक वर्षको अन्तिममा रातारात काम गर्ने अनि त्यसको परिणाम गुणस्तरीय नहुने गुनासो छ, यसलाई निराकरण गर्न तपाँई के गरिरहनु भएको छ ? 

पहिला तत्कालिन अवस्थामा चाही  यस्तो भएकै थियो । हिजो पनि हामी बिभिन्न उपभोक्ता समितिमा बसेर काम गर्दै आएका थियौ । बजेट आयो,  प्राबिधि आवस–नआवस त्यसको अनुगमन हो कि नहोस्, त्यहि हिवासले  रकम फस्र्यौट गर्ने काम मात्र हने गरेको गुनासो आँउथ्यो । अहिले यो स्थानीय तह भैसकेपछि त्यो छैन । 

किन की हामी संग प्राबिधिक पनि साथमा छन् । अनुगमनको कुरा पनि तिव्रताका साथ भइरहेको छ । आफु संयोजक भएको कारणले काम गरेको नगरेको हेरेर  साँच्चिनै काम भाको छैन भने हामीले भुक्तानी  नगर्ने व्यवस्था गरेका छौ । 

अनि तपाँइ न्यायिक समितिको पनि प्रमुख हुनुहुन्छ, तपाईले यो गाउँपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हाले यता यो क्षेत्रमा कस्ता खालका समस्याहरु, उजुरीहरु, गुनासोहरु आएका छन् र कसरी निरुपण गर्नु भएको छ ? 

यहाँ बढि जस्तो उजुरी चाँहि कुटपिटको  पर्ने गरेको छ । अनि जग्गाको  विवादहरु पनि धेरै नै आएको छ । अनि त्यसमा हामी न्यायिक समितिले समन्वय गरेर नै हेरिरहेका छौं ।  मतलव गाउँपालिकामा बोलाएर, फोन गरेर, हामीले मिलाउन सक्ने केश मिलाई रहेका छौ ।  

भरसक सहजीकरण गरिदिने हाम्रो पहिलो प्रयास हुने गर्छ । नमिल्ने केश प्रहरीसंगको समन्वयमा उहाँहरुलाई बोलाएर सिफारिस गर्ने गरेका छौं । 

हाल सम्म  कति उजुरी परे, अहिले सम्म आएको जति फस्र्यौट भए ?

उजुरी परेका केश मध्ये दुईवटा पेन्डिङमा छन् । एउटा केश जारी छ । अरु चाही छलफलमा छन् । कुनै मेलमिलाप गरियो । कुनै–कुनै प्रहरीमा सिफारिस गरियो । कुनै गाउँपालिका न्यायिक समितिले नै मिलाएका छौ ।
स्थानीय निकायहरुको राजस्वको बृद्धि सम्वन्धी पनि आफैले योजना बनाउन सक्ने नीति छ, विगतमा भन्दा राजस्व बृद्धिको लागि के कस्तो पहल गरि राख्नु भएको छ ? र,  आगामी योजना के छ ?

राजस्व उठाउने भनेर जनातालाई अत्यन्तै मार पर्ने गरेर त उठाउन मिल्दैन् । यहाँको भूगोलले र यहाँको क्षेत्रले मेल खाने  गरी राजस्व उठाउनु पर्छ, राजश्व कायम हुनुपर्छ । 

अब साउन १ गते देखि त एकृकित सम्पती कर पनि हामीले नै उठाउनु पर्ने हुन्छ । हामीे राजस्व उठाउनु पर्छ भन्दैमा जनताको ढाडै भाच्ने गरि उठाँउदैनौं । 

तर पनि हामीले आगामी योजनामा हाम्रो आयआर्जन क्षेत्रमा पनि लगानी गरेर जनतालाई केही दिएर केही हामीले पनि लिने हो की भनेर त्यस्तो कार्यक्रम पनि ल्याउने सोचिरहेका छौं । कृषि आयआर्जनमा पनि लगानी गर्ने भन्ने कुरा भैरहेको छ ।

यस गाँउपालिका क्षेत्रभित्र के के पहिचान गर्नु भएको छ राजश्वको दायरा ?

यो इन्द्रसरोबर गाउँपालिका भित्र अहिले सम्म  उद्योग धन्दा त्यती छैन । गाउँपालिको एउटा वडामा मच्छेनारायण रोडा ढुंगा उद्योग छ । अर्काे यो मछली बसाई  भाको छ । मत्स्य विकासको कार्यक्रम छ । अनि हामीले पर्यटकीय क्षेत्र बनाउने भनेर योजना अघि बढाएका छौं । 

यसो गर्दा आन्तरिक तथा वाह्य पर्यटकहरु बढेर राजश्व वृद्धि हुन्छ । हिजो यो वडाबाट आउने जुन स्रोत थियो नी, त्यो त छदैछ । अबको  दिनमा पर्यटकीय क्षेत्र बनाएर विकास गर्न खोजिएको छ ।  फाखेल ५ मा गुप्तेश्वरी महादेव भन्ने गुफा रहकोेछ  । एउटा सलेमले डाँडो छ ।  अनि  यहाँ हाम्रो  इन्द्रसरोवरो  ताल छ । 

यि पर्यटकीय क्षेत्रलाई सम्वद्र्धन गरेर भोलि जनताबाट केही लिएर  जनता सामु केही गर्नेकी भनेर यो कार्यक्रम तथा नीति बनाएका छौ ।

यो  स्थान काठमाडौ र हेटैडाको बीचमा पर्यो, अहिले हेटैडा शहर प्रदेशको अस्थाई राजधानीको रुपमा छ, त्यसलाई जोडेर समसायमिक र दिर्घकालिन के के योजना गाँउपालिकाको बनाएको छ ?

प्रदेशको पहिलो बैठकमा चाँहि काठमाडौ हेटौंडा सुरुङ मार्ग र महालक्ष्मी–देउराली –दोभान बाटोलाई  दिर्घकालिन योजनामा पार्ने गर्ने भनेर हामीले प्रस्ताव गरेका छौ ।

तपाँइ गाउँपालिकाको उपप्रमुख भैसकेपछिको अनुभव के छ ? आफ्ना लागि निजी समय कत्तिको पाइरहनुभएको छ ?  विकास निर्माणको काममा खट्दा कस्तो अनुभूति भइरहेको छ ?

सामाजिक कामहरुमा पहिलेदेखिनै लाग्दै आएको हो । अहिले गाउँपालिकाको उपाध्यक्ष भएर मात्र  जिम्मेवारी अलि बढेको हो  । ०४८ सालदेखी निरन्तर विकास निर्माणमा लागियो । ०५४ साल देखी जनताको हितको लागि काम गरेको कारण जनताले मलाई विश्वास गरेर चुनाव जिताउनुभयो । 

यसमा म   आमजनतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । हिजोका दिनमा उपाध्यक्ष नहुँदा अलि फुर्सदमा होइन्थ्यो भने अहिले त्यो छैन । जनताकै काममा निरन्तर ब्यस्त छु ।







0 comments

Write Down Your Responses