Powered by Blogger.
‘अनमोल आईडल’ का उत्कृष्टलाई नगदसहित गोल्डेन माईक प्रदान

मकवानपुर, ३१ असार ।  रेडियो अनमोल ९० मेगाहर्जले गायन प्रतिभाको सम्मान गर्दै ‘अनमोल आईडल’ रेडियो कार्यक्रममा उत्कृष्ट हुन सफलहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।

हेटौँडा–४ खोपेगल्लीमा अवस्थित रेडियो परिसरमा आज आयोजित एक कार्यक्रमकाबिच असार महिनाका ३ जना साप्ताहिक विजेताहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । ‘प्रदानअनमोल आईडल’ कार्यक्रममा लाईभ प्रस्तुति पश्चात असारको पहिलो हप्ताका बिजेता सञ्जीव कुमार थिङ, तेस्रो हप्ताका बिजेता विक्रम तामाङ र चौथो हप्ताका बिजेता पवित्र राईलाई प्रमाणपत्र वितरण गरिएको हो । असारको दोस्रो हप्ताका बिजेता सुरेन सेवान भने विशेष कारणबस उपस्थित हुन सकेनन् । उनलाई पछिल्लो कार्यक्रममा प्रमाणपत्र वितरण गरिने छ ।

लाईभ कार्यक्रममा प्रस्तुति दिएका ३ जनालाई एक हप्ताभित्र एसएमएस भोटिङ र निर्णायकको मतका आधारमा असार महिनाको बिजेता घोषणा गरिने र बिजेताले नगदसहित गोल्डेन माईक उपमहार पाउने रेडियोका स्टेसन म्यानेजर बालकृष्ण दाहालले बताएका छन् । साथै अन्य प्रायोजकहरुकातर्फबाट समेत आकर्षक उपहारको व्यवस्था रहेको बताइएको छ । हरेक हप्ता, महिना र वर्षमा अनमोल आईडल छनौट गर्ने लक्ष्यका साथ सुरु भएको कार्यक्रममा संचारकर्मीहरु चन्द्र घलान, सलिना ढुङ्गेल, प्रजोनी सुनार, सुस्मिता पुडासैनी, कार्यक्रम प्रस्तोता पारु महरा लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses