Powered by Blogger.
प्रेस काउन्सिल सदस्यमा वरिष्ठ पत्रकार बुढाथोकी


काठमाडौं । वरिष्ठ पत्रकार गोपाल बुढाथोकी प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका छन् ।

सञ्चार तथा सुचन प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रीस्तरीय निर्णय गर्दै बुढाथोकीलाई  बुधबार ४ वर्षका लागि सदस्य नियुक्त गरेका हुन् ।

करीब चार दशकदेखि पत्रकारितामा संलग्न बुढाथोकी साँघु साप्ताहिकका सम्पादक–प्रकाशक हुन् । सक्रिय पत्रकारितामा रहेका बुढाथोकी सम्पादक प्रकाशकको तर्फबाट प्रेस काउन्सिलको सदस्यमा चयन भएको बताइएको छ । 

सुदर्शन आचार्यको पदावधी यही असार ३० बाट रिक्त भएपछि सो ठाँउमा बुढाथोकीलाई नियुक्त गरिएको हो । 

साँघु साप्ताहिकका प्रकाशक–सम्पादक बुढाथोकीले पत्रकारका पेशागत अधिकारका सवालमा विशेष भूमिका खेलेका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पुर्वअध्यक्ष,पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वउपाध्यक्ष र सल्लाहकार तथा हालका केन्द्रीय पार्षद समेत रहेका बुढाथोकी सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाको निसानामा परेका थिए ।

अनेकन उतारचढाव र जेलनेल समेत खेपेका बुढाथोकी निरन्तर पत्रकारितामा सक्रिय रहने कम पत्रकारमा पर्छन् । दामन पोष्ट परिवार उहाँलाई हार्दिक बधाई दिँदै कार्यसफलताको कामना गर्दछ  । 

0 comments

Write Down Your Responses