Powered by Blogger.
आइडिपी एजुकेशनद्धारा राष्ट्रिय शिक्षा छात्रवृत्तिको घोषणा .


काठमाडौं । अन्तराष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्ने संस्था आइडिपी एजुकेशनले नेपाली विद्यार्थीहरुका लागि छात्रवृति घोषणा गरेको छ । बिहिबार राजधानीमा आयोजित एक विशेष समारोहमा छात्रवृति घोषणा गरिएको हो । 

अस्ट्रेलियाको धितोपत्र बोर्डमा सूचीबद्ध कम्पनीले नेपालमा विद्यार्थीहरूलाई  गुणस्तरीय  एवं  अन्तराष्ट्रिय शिक्षामा पहुँच बिस्तार गर्न  सहयोग पु¥याउनको निम्ति जम्मा अस्ट्रेलीयन डलर  पचास हजार बराबरको  छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो ।  उक्त छात्रवृति विभिन्न अंग्रेजी भाषा बोलिने देशहरु अस्ट्रेलिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र आइरल्याण्डमा प्रदान गर्ने घोषणा गरिएको हो । 

आईडीपी एडुकेसनका प्रमुख कार्यकारी प्रमुख एन्ड्रयू बार्कलाले नेपालका विद्यार्थीहरूको लागि थप अवसरहरू सिर्जना गर्न भनि आईडीपीले यो कार्यक्रम ल्याएको बताए । 

दस महत्वाकांक्षी नेपाली विद्यार्थीहरूलाई अन्तराष्ट्रिय शिक्षा छात्रवृत्ति प्रदान गर्ने र उनीहरुको छनौट प्रतिस्पर्धा तथा शैक्षिक योग्यताको आधारमा गरिने  उनको भनाई थियो । सो अवसरले नेपाली बिद्यार्थीहरुलाई अष्ट्रेलियामा अन्तराष्ट्रिय  डिग्री हासिल गर्न मात्र नभएर उनीहरुको उज्जवल भविष्य निर्माणमा पूर्ण सहयोग पुग्ने उनले दावी गरे । 

उनले भने, ‘हामी नेपालका केही गैर सरकारी संगठनहरूसँग सहकार्यमा  गुणस्तर शिक्षाको पहुँच बाट बन्चित बालबालिकाहरुलाई सहयोग गरी समाजमा वन्चित भएका युवाहरुको माझमा शिक्षाको मार्ग सहज गर्न तत्पर छौ ।’

आइडीपी एडुकेसनले नेपालका विद्यार्थीहरुलाई आफ्नो अन्तराष्ट्रिय शिक्षाको  लक्ष्य हासिल गर्न सघाउ पु¥र्याउन अगस्ट १ सम्ममा काठमाडौंमा एक कार्यालय खोल्ने योजना पनि घोषणा गरेको छ ।

यसै  अवसरमा, आईडीपी एडुकेसनका दक्षिण एशिया क्षेत्रीय निर्देशक पियुशकुमारले नेपालमा आइडीपीको पहिलो स्टुडेन्ट प्लेसमेंट् सर्भिस् कार्यालय शुरु गर्ने योजनाले अत्यन्त उत्साही भएको बताए । उनले थपे, ‘स्टुडेन्ट प्लेसमेन्ट अफिसको स्थापना पछि  हामी नेपालका सबै विद्यार्थीहरूलाई उच्च स्तरको सेवा उपलब्ध गराउन चाहन्छौं जसले  उनीहरूको अन्तराष्ट्रिय शिक्षाको  लक्ष्य हासिल गर्न मद्दत पुगोस् . अन्तराष्ट्रिय शिक्षाको पहुचको  एक महत्त्वपूर्ण निर्णय भनेको सही बिषय, सहि बिश्व विद्यालय र उपयुक्त शहरको छनौट हो भन्ने कुरा हामी जस्तो अन्तरास्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्ने संस्थाहरुका शुरुवाति प्रवर्धकहरुले राम्ररी बुझेका छौ । ’

उनले उच्च प्रशिक्षित र अनुभवी परामर्शदाताहरुले विद्यार्थीहरूलाई स्पष्ट र विश्वसनीय माध्यमबाट जीवन परिवर्तन हुने छनौटका अवसरहरु प्रदान गर्न मद्दत गर्ने र आफ्ना सबै सेवाहरु निशुल्क रहने दावी गरे । 

आइडीपीले संसार भरिका ६५० भन्दा बढी विश्वप्रसिद्ध विश्वविद्यालयहरू र कलेजहरु संग सहकार्य गर्दै आइरहेको छ । आइडीपीले अन्तराष्ट्रिय शैक्षिक यात्रामा विद्यार्थीहरूलाई सहयोग पु¥र्याउन अष्ट्रेलिया र न्युजील्याण्डमा पनि कार्यालयहरू स्थापना गरेको छ ।

आईडीपी एडुकेसन अन्तराष्ट्रिय शिक्षा परामर्श सेवा प्रदान गर्नेमा विश्वप्रख्यात निकाय हो . १०० भन्दा बढी अन्तराष्ट्रिय विद्यार्थी सेवा केन्द्रहरूको नेटवर्कको साथ आइडीपीको  ३० भन्दा बढी देशहरूमा भौतिक उपस्थिति छ । 

आईडीपी एडुकेसन  लिमिटेड एक एएसएक्स सूचीबद्ध कम्पनी हो जसमा ५०% अष्ट्रेलियन विश्वविद्यालयहरूको  स्वामित्व रहेको छ । 

बिगत झन्डै ५० बर्षदेखि आईडीपीले अन्तर्रा्ष्ट्रिय शिक्षामा विद्यार्थीहरुको पहुचको लागि व्यापक परामर्श सेवा प्रदान गरी विशेष भुमिका निर्वाह गरेको छ भने हालसम्म आफ्नो उचित परामर्श सेवा प्रदान गरी ४ लाख भन्दा बढी विद्यार्थीहरू अष्ट्रेलिया, युनाइटेड किंग्डम, संयुक्त राज्य अमेरिका, क्यानाडा, न्युजील्याण्ड र हालै आयरल्याण्ड लगायतका देशहरुमा भर्ना गरिसकेको छ । आइडीपीको आईईएलटीएस (अन्तर्रा्ष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली) मा समेत स्वामित्व रहेको छ । 

सन् १९८९ मा शुरुभए देखि नै  आईईएलटीएस संसारको सबै भन्दा लोकप्रिय उच्च अंग्रेजीभाषा परिक्षण परिक्षाको रुपमा चर्चित छ ।

आईईएलटीएसलाइ  १० हजार भन्दा बढी संस्थाहरु द्वारा विश्वव्यापी भाषा सक्षमताको प्रमाणको रूपमा स्वीकार गरेका छन् । .गत वर्ष विश्व भर ३ लाख भन्दा बढी परिक्षार्थीहरुले आईईएलटीएसको परिक्षा दिएका थिए ।

कार्यक्रममा आइडीपीका कन्ट्री मेनेजर अभिशेक श्रेष्ठ र ज्वाइन्ट भेन्चर भुपेन्द्र सिटौला लगायतले यो छात्रवृति पछि आम नेपाली युवाहरुको भविश्यको मार्ग खुला हुने दावी गरे । उनीहरुले छनौट प्रणाली एकदमै निश्पक्ष र वैज्ञानिक हुने पनि बताए । 



0 comments

Write Down Your Responses