Powered by Blogger.
राजकुमार महर्जनको ‘बाजेले भन्थे....’ (‘भिडियो सहित’)

काठमाडौ, १ साउन । पछिल्लो समय राम्रा राम्रा स्रष्टाहरुको गीत, संगितमात्र नभएर भिडियो समेत श्रोतामाझ आउन थालेको छ । यसै क्रममा चर्चित गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे......’ बोलको चर्चित गीत श्रावन एक गतेबाट दर्शक, श्रोता माझ युट्युव मार्फत सार्वजनिक भएको छ ।

 यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन । ‘यो मन....’ नामक एल्वममा समावेश रहेको  गीतलाई अनिल के. मानन्धरले छायाँङ्न तथा निर्देशन गरेका हुन । गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचरिङ  गरिएको छ ।

 गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

0 comments

Write Down Your Responses