Powered by Blogger.
मकवानपुरका सबै शैक्षिक संस्था असार २० गतेदेखि २२ गतेसम्म बन्द

मकवानपुर / मकवानपुरका सबै शैक्षिक संस्था यही असार २० गतेदेखि २२ गतेसम्म बन्द हुने भएका छन् । विप्लव निकट अखिल क्रान्तिकारी, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राजपा विद्यार्थी संगठन, समाजवादी विद्यार्थी फोरम नेपाल, बैद्य निकट अखिल क्रान्तिकारी, राष्ट्रवादी विद्यार्थी संगठन र गोपाल किरातीँ निकट अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले संयुक्त रुपमा असार २० देखि २२ गतेसम्म देशभर शैक्षिक हड्तालको आव्हान गरेपछि मकवानपुरमा पनि शैक्षिक पठनपाठन बन्द गर्ने प्रेस विज्ञप्ती भनिएको छ ।

सरकारले सत्तापक्ष निकट विद्यार्थी संगठनहरुलाई मात्र समेटेर अनुगमन समिति निर्माण गरेको भन्दै आठ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रमको घोषणा गरेको थियो । संयुक्त विद्यार्थी संगठनले भोली अर्थात् १९ गते मसाल जुलुस निकाल्ने र २० गतेदेखि २२ गतेसम्म शैक्षिक हड्ताल गर्ने बताएका छन् ।

0 comments

Write Down Your Responses