Powered by Blogger.
ईन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा हेटौंडा–कुलेखानी–दक्षिणकाली सडकखण्ड अबरुद्ध

मकवानपुर १८ असार / लगातारको वर्षापछि आएको पहिरोका कारण छोटो दूरीको मदन भण्डारी मार्ग अबरुद्ध भएको छ । निर्माणको क्रममा रहेको मार्गको ईन्द्रसरोवर गाउँपालिका–२, छेपारेमा पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान पहिरो खसे पनि लगातार वर्षा हुँदा पहिरो हटाउन सकिएको छैन। सडक अवरुद्घ भएपछि कुलेखानी–फाखेल खण्डमा सवारीचाप बढेको प्रहरी चौकी, फाखेलको भनाइ छ ।

हेटौंडाबाट काठमाडौं दैनिक साना सवारी मात्रै एकतर्फी १ हजारभन्दा बढी सवारी गुड्ने प्रहरीको तथ्यांक छ ।
तीन वर्षको ठेक्का लागेर काम थालिए पनि गति लिन नसक्दा सवारी सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरु बताउँछन् ।

छोटो दुरीको मार्गमा पूर्वी नेपालको सर्लाही, रौतहट, पर्सा, मकवानपुरका साना सवारी सुमो, निजी गाडी, मोटरसाइकल र स्थानीय रुटका भाडाका सवारी सञ्चालन हुने गरेका छन्।

0 comments

Write Down Your Responses