Powered by Blogger.
मकवानपुरका सांसदद्धारा भौतिक योजना मन्त्रीसंग छलफल


काठमाडौं । मकवानपुर जिल्लाका जनप्रतिनिधीहरुले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसंग जिल्लाका विविध विकासका योजनाबारे गम्भिर छलफल गरेको छ ।

मंगलबार मन्त्रालयमै भएको छलफलमा प्रतिनिधी मण्डलले थानकोट–चन्द्रागिरी–चित्लाङ सडक, काठमाडौं–हेटौंडा सुरुङमार्ग, हेटौंडा उपमहानगरपालिकाको सडह विस्तार र त्रिभुवन राजपथको बारेमा मन्त्रीको ध्यानाकर्षण गराएको थियो । 

प्रतिनीधी मण्डलले थानकोट–चन्द्रागिरी–चित्लाङ सडकलाई छिटो भन्दा छिटो सम्पन्न गर्नेतिर ध्यानाकर्षण गरायो ।  टोलीमा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी, प्रतिनिधी सभा सदस्य बिरोध खतिवडा,  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश सांसद कुमारी मोक्तान, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, पुर्व सांसद सुभाष ठकुरी, नेपाली काँग्रेसका नेता तथा निर्माण व्यवसायी जयराम लामिछाने, टिष्टुङ बज्रवाराही नेवा पुचका संस्थापक अध्यक्ष बिनोद महर्जन लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधी, स्थानीय वासिन्दा लगायतको सहभागिता थियो । 

उनीहरुले मन्त्री महासेठलाई सो थानकोट चित्लाङ सडकलाई पर्याप्त बजेट छुट्याई छिटोभन्दा छिटो सम्पन्न गर्नेतिर लाग्नुपर्ने बताए । जवाफमा मन्त्री महासेठले त्यसको लागि प्रदेश सरकारले पहल कदमी लिनुपर्ने र  नसक्ने भए केन्द्रीय सरकारलाई लेखेर दिनुपर्ने त्यासो भएमा केन्द्रीय सरकारले उक्त अधुरो सडक बनाउने बचन दिए । 

त्यस्तै सहभागीहरुले हेटौंडा काठमाडौं सुरुङ मार्ग  निर्माणको अनुमती पाएर जिम्मा लिएको कम्पनीले बनाउन नसकेको भन्दै त्यसको लागि सरकारी पहल गर्नुपर्ने बताए । मन्त्री महासेठले केही दिनको यसको टुङ्गो लगाइदिने प्रतिवद्धता जनाए भने हेटौंडाको पुर्व पश्चिम राजमार्गको सडक ४ लेनमै विस्तार गरिने र त्यसका लागि आवश्यक पर्ने जग्गामात्र अधिग्रहण गरिने प्रतिवद्धता जनाए । 

यसैगरी मन्त्री महासेठलाई त्रिभुवन राजपथलाई पर्यटक मार्गका रुपमा विकास गरिने र सो मार्ग मर्मत संभारका लागि पर्याप्त बजेट समेत छुट्याउनुपर्ने माग सहभागीहरुले राखे । 

जवाफमा मन्त्री महासेठले त्यसमा प्रतिवद्धता जनाएको टोलीमा सहभागी  राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले दामनपोष्टलाई जानकारी दिए । 



0 comments

Write Down Your Responses