Powered by Blogger.
राज्यले नयाँ प्रतिभालाई प्रोत्साहन दिने नीति ल्याउनु प¥यो

अशोक तामाङ, गायक तथा कराते प्रशिक्षक

आज भोलि तपाईको दिन चर्या कसरी बितिरहेको छ ?

बिहानै उठ्छु । कम्पोज गर्छु । गीतहरुको अध्ययन गर्छु । गीतहरु रियाज गर्छु । अनि बेलुका चाँही म मार्सल आर्ट तिर व्यस्त हुन्छु । मार्सल आर्ट सिकाँउछु  अनि खेलकुद तिरै व्यस्त हुन्छु ।

संँगीतिक क्षेत्रमा लागेको  कति समय भयो  ?

म सांगीतिक क्षेत्रमा लागेको ७ वर्ष भइसक्यो ।

गीत संँगीतमा पहिले देखीकै शौख थियो की कसरी प्रवेश गर्नु भयो ?

पहिला त खेलकुदमा थिँए । पछि सोचे, मानिसको जीवनमा गीत संँगीत पनि चाँहिदो रहेछ । विभिन्न मान्छेहरुबाट प्रभावित भएर पनि गीत संँगीत क्षेत्रमा प्रवेश गरेको हु ।

को बाट प्रभावित हुनु भो ?

आफ्नै आमा र साथीहरुबाट प्रभावित भएर नै गीत सँगीतमा लागेको हँु ।

साँगीत क्षेत्रको ७ वर्षिय यात्रामा कतिको चुनौती पुर्ण  महसुस गर्नु भयो, अनि के के र कस्तो संघर्ष विकास गर्दै यो स्थानमा आइपुग्नुभयो ?

साँगीतिक क्षेत्रमा प्रवेश  गर्दा धेरै उताव चढाव भोग्दै आँए । दुखको दिनहरु धेरै  थिए । धेरै मेहनत गर्नु प¥यो । पहिलो पटक साँगीतिक क्षेत्रमा प्रवेश गर्दा आफुले चिने  जानेको मान्छे कोही थिएनन् । 

यो सहरमा अन्जान मान्छे,  म्युजिक  नसिकी गीत गर्छु भन्दा झन् गाह्रो थियो । पहिला  म्युजिक सिकँे ।  त्यसपििछ मान्छेहरु चिन्दै गएँ ।  गीतहरु रेकर्ड गरें ।  यसरी नै अगाडि बढेको हुँ ।

यो साँगीतिक क्षेत्रबाट दैनिक खर्च चलाउन पुग्छन् त ?

गीत गाएर साँगीतिक क्षेत्रमा लागेर परिवार पाल्छु भन्ने सम्भावना कमै छ । गीत संगीतको भरमा त जिन्दगी चल्दैन ।

यसरी संगित क्षेत्रमा सफल  हुन नसक्नुको कारण के होला ?

अहिले कफि राईट गर्न सहज हुन थाल्यो । अरुको मेहनत र तपश्या गरेर तयार गरेको सिर्जना नक्लल गर्ने प्रतिस्प्रधा  छ । बजार खस्कीएको छ ।  यी विवीध कारणले गर्दा कलाकार र नव प्रवेशी कलाकार अगाडि बढन नसकेको हो ।

तपाईले यो ७ वर्षको अवधीमा कस्ता कस्ता  गीत गाउनु भो ?

मेरो पहिलो एल्वम इसारा हो ।  दोस्रो एल्वम सम्झना हो । अहिले लेकालीमा प्रवेश गरेको छु  । मेरो एल्वममा आधुनिक, पप सेलोगीत र सबै  खालको गीत मिसिएको छ । 

कतिको  बजार पाए ति गीतहरुले ?

ठिकै  चले । पहिला मैले भिडियो गर्न सकिन । त्यति बेला यति धेरै बजार  पनि थिएन । त्यहि पनि राम्रै भो ।



लगानी उठ्यो, कति पर्छ एक एल्वम बनाउन ?

एल्वम बनाउनलाई हामी जस्तो व्यक्तिका लागि त धेरै  खर्च हुन्छ । एउटा  अडियो गीत बनाएको २० देखी २५ हजार सम्म खर्च हुन्छ । अनि भिडियो गीत बनाउँदा ७० देखी ८० हजार सम्म लाग्छ । 

यो तपाई आफ्नै लगानीबाट बनाउनु भएको छ की अरुबाट ?

अहिले सम्म आफ्नै लगानीमा बनाई रहेको छु । अन्त काम गर्दै पैसा कमाउँदै, ल्याउदै, यता गीत बनाउँदै  गरेको छु ।



तपाई गाएका गीत एकल छन् की अरु संग मिलेर पनि गाउनु भएको छ ?

केही गीत मिलेर गाएको छु  साथीहरुसंग  । कोही गीत आफैले पनि गाएको छु ।

भावि योजना के छ तपाईको ?

गीत संगीतलाई अगाडि बढाउन नै मेरो भावी योजना हो । आफुले  जानेका कुराहरु अरुलाई पनि सिकाउने मेरो एक योजना छ । एउटा  फिल्म पनि बनाउने बिचार गरेको छु । अहिले म फिल्मको कथा लेख्दै पनि  छु ।

कस्तो खालको फिल्म लेख्दै हुनुहुन्छ ?

टुहुरा, परिवार बिहिन बालबालिका सम्बन्धीको विषय बस्तुलाई समेटेर कथा लेखिरहेको छु  । यी विषयमा फिल्म बनाउने तयारी गरिरहेको छु ।



कहिले सम्म फिल्म बनाउने योजना छ ?

अव कथा लेख्दै छु ।  कथा लेखि सके लगत्तै त्यो काममा लाग्छु ।  सके सम्म त नेपाली भाषामा बनाउने विचार गरेको छु । त्यो भएन भने पनि हाम्रो मौलिक तामाङ भाषा समेटिएर फिल्म बनाउने विचारमा छु । 

तपाईले अहिले सम्म गाएका गीत कुन भाषामा आधारित छन् ?

सबै नेपाली  गीत नै हुन् ।  केवल २ वटा गीत  तामाङ भाषामा रहेका छन् । अरु सबै नेपालीमा नै छन् मेरो गीतहरु ।

गीत संगीतमा तपाईको रुचि सानैदेखिको हो ?

पहिला बच्चा देखिनै संगीतमा शौख थियो । बच्चा देखिनै गीत गाँउने, बाँसुरी बजाउने, मादल बजाउने, गाउँमा चाड पर्वमा गीत गाउने गर्थे ।  

सांगीतिक क्षेत्रमा कसको संगतले  यहाँसम्म आउनु भया ?

मलाई हरेक कुरामा साँगीतिक विषय सिकाउने आदरणीय दाई अमृत लामा, कृष्ण दाई, मेरा गुरु सागर साँइलो, प्रभुराज ढकाल, धनबहादुर गोपालीज्यु  लगायतलाई सम्झन चाहन्छु ।

कलाकारहरुलाई बिदेश जान भ्याई  नभ्याई छ, तपाईलाई के छ ?

अहिले सम्म बिदेश गएको छैन ।  बिदेशमा जान पनि आफनो मान्छे चाहिने । चिनजान र सेटीङ नहुने त हामी जस्तो अलमल प¥यो , बस्यो ।  स्टेज कार्यक्रम चाँही भ्याई  नभ्याई हुन्छन् । 

बिदेशमा आफनो सिधा सम्पर्कमा अहिले सम्म कोहि छैनन् । बिदेशमा कार्यक्रम आयोजना गर्ने मान्छेले आफ्नो चिनेजानेको मान्छेलाई बोलाउँछन् । 

अनि अर्काे कुरा उनीहरुले चलेको गायकलाई मात्र निम्ता गर्छन् । हामी जस्तो नवप्रवेशीलाई पनि मौका दिए त राम्रौ हुन्थ्यो ।

नव प्रतिभालाई राज्यले वा सरकारले के गरि दिए हुन्थ्यो  जस्तो लाग्छ ?

राज्यले नव प्रतिभाको लागि स्टेज कार्यक्रम गर्नु प¥यो । नेपालमा आईडलको आयोजना गर्नु प¥यो, नयाँलाई प्रोत्साहन दिनु प¥यो जस्तो लाग्छ । 

आफनो ठाउँको परिचय हुने गरि कुनै गीत गाउनु भाको छ ?

गायको छु । दुई वटा गीत छ । घर मेरो सिस्नेरी र मकवानपुर  भन्ने गीत गाएको छु  । यो मैले आफनो जिल्लाको परिचयको लागि गरेको हुँ  ।

जिल्लाको परिचयको लागि गीत गाउनु भो,  कतिको चले ति गीतहरु ?

खासै चलेका छैनन् । ् ती गीतको अडियो मात्र छ,  भिडियो छैन ।

तपाई  काठमाडौमा कति सालमा प्रवेश गर्नु भयो ?

म काठमाडौमा २०५७ साल प्रवेश गरेको हँु । ०६९ साल सम्म करातेलाई निरन्तर समय दिँए  । म क्योकोसिन करातेको दोस्रो डान पनि हु । अहिले दुई ठाउँमा प्रशिक्षण पनि गरिरहेको छु । 

खेलाडी अलि कठोर स्वभावको हुन्छन, अनि गायक एकदम रसपुर्ण हुन्छन, एक आपसमा फरक स्वभावको पेशाबीच तपाँइलाई कस्तो अनुभुती भइरहेको छ  ?

एड्जस्ट त गर्नैप¥यो । संगित र खेलकुदलाई संगै लैजानु प¥यो । पहिला म  सानोमा गीतमै लागेको मान्छे  । पछि आए काठमाडौमा । म जहाँ जुन साँहुकोमा काम गर्थे, त्यहाँको साहु करातेका प्रशिक्षक रहेछन् । उहाँ संगै गएर कराते सिके अनि बिस्तारै दुईट्टैलाई अगाडि बढाउने प्रत्यत्न गरेको हँु ।

अहिले तपाई साँगीतमा र खेलकुदमा मात्र व्यस्त हुनुहुन्छ की अरुमा पनि ?

यो बीचमा मैले करातेलाई केहि समय बिट मारेर मुर्ती बनाउने, बुट्टा भर्ने, मुर्तीमा सुन भर्ने काम गरें । अहिले त्यो छोडेर कराते र साँगीतलाई नै समय दिरहेको छु ।

जिन्दगी देखि खुसि हुनुहुन्छ ?

अहिले सम्म आफुलाई चित्त बुझ्दै छ  । घर परिवार पाल्न पुगेकै छ । आफुलाई लाउन खान पुगेकै छ । यति हो की गीत गाएर धेरै  पैसा कमाउँछु भन्ने छैन ।  ठुला ठुला कलाकारहरुलाई पनि चित्तबुझ्दो छैन ।

अन्तिममा केहि भन्नु छ ?

अन्तिममा के भन्न चाहन्छु भने कलाकार र गीत संगीतलाई माया गर्ने दर्शकलाई मेरो एउटा योजना छ । प्रदेश नम्बर ३ का लागि मकवानपुर काठमाडौ कलाकार सम्र्पक मञ्च नेपाल गठन गदैछु । 

सबै कलाकारलाई यसमा   समावेश हुन आवाह्न गर्न चाहन्छ । र स्रोताहरुलाई पनि गीत साँगीतलाई माया गरि दिनु होला भन्ने आग्रह गर्दछु । खेलाडी भनेका पनि राष्ट्रका गहना हुन् । 

उनलाई पनि प्रोत्साहन गरिदिनु होला भन्न चाहन्छु । र, अन्तिममा तपाईलाई र  आम स्रोतालाई धेरै धरै धन्यवाद भन्न चाहन्छु ।




0 comments

Write Down Your Responses