Powered by Blogger.
फाखेल, चखेल र चित्लाङको प्रसंग समेटेर अर्को कृति निकाल्छुः नेता नेपाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा वरिष्ठ लेखक एवं साहित्यकार प्रदिप नेपालले उत्तरपुर्वी मकवानपुरका फाखेल, चखेल र चित्लाङका प्रसंग समेटेर पुस्तक प्रकाशन गर्ने तयारी गरेको बताएका छन् ।

वाम तथा प्रजातान्त्रीक आन्दोलनका विभिन्न भूमिगत चरणमा ति स्थानहरुमा आफुले अविश्मरणीय क्षणहरु बिताएको उल्लेख गर्दै नेता नेपालल ति क्षणहरुको सम्झनामा छिट्टै कृति  प्रकाशन गर्ने खुलासा गरे । 

गोठाटार थापागाँउ स्थित आफ्नै निवासमा दामन पोष्टसंग लामो कुराकानी गर्दै नेता नेपालले आफ्नो योजना सुनाएका हुन् । पछिल्लो  समय स्वास्थ्य समस्याका बाबजुद राजनीतिमा कमै समय दिएर साहित्यतर्फ केन्द्रीत भएका उनले भूमिगत कालमा मकवानपुरको फाखेल र चखेलमा सेल्टर लिएर बसेको प्रसंगहरु सुनाए । 

नेता नेपाल लगायतको टोली २०३३ चैत १२ गते राती नख्खु जेलबाट सुरुङ खनेर एक महिनाको प्रयासपछि जेलमुक्त भएको थियो । यसपछि सो टोली मकवानपुरको फाखेलका जंगल, गाँउ र ओढारहरुमा बसी प्रशासनको चौतर्फी घेराबाट जोगिएको थियो । 

टोलीमा नेता नेपाल लगायत सिपी मैनाली, वीरबहादुर लामा, माधव पौडेल, गोपाल शाक्य,  घनेन्द्र बस्नेत, जीवन मगर सहित १५ जना थिए ।  

नेता नेपालले नख्खु जेल ब्रेक र फाखेलका जंगलहरुमा भूमिगत रुपमा बिताएका प्रसंगहरुलाई समेटेर मुक्त आकाशको खोजी नामक कृति प्रकाशन समेत उतिबेलै गरिसकेका थिए । 

उनले कुराकानीका क्रममा आफुलाई त्यो ठाँउ अत्यन्तै प्रिय लागेको, सधैं सम्झीरहने र खासगरी त्यो बेला अभावका बीचमा पनि आफ्नो गाँस काटेर खान दिने तथा कुनै प्रलोभनमा नपरी सुरक्षा प्रदान गर्ने आम फाखेलवाशीलाई धन्यवाद थिए । 

फाखेलमा कम्युनिष्ट पार्टीको भूमिगत बैठकहरु बसेको, स्थानीयले आन्दोलन जोगाउन अत्यन्तै ठुलो सहयोग गरेको र पार्टीलाई श्रद्धा गर्ने जनताहरु रहेकाले उनीहरुको स्मृतिमा अध्ययन अनुसन्धान केन्द्र तथा पार्क निर्माण गरी चिरस्थायी बनाउनुपर्ने सुझाव दिए । 

आफुले त्यहाँको जनताको कम्युनिष्ट आन्दोलनप्रतिको भावना सधैं सकारात्मक पाएको र त्यही कारण हरेक निर्वाचनहरुमा फाखेलवाशीले एमालेलाई विजयी बनाउने गरेको उनको धारणा छ । 

उनले भने, म त्यहाँको जनताको हरेक समस्यासंग साक्षात्कार गरी होस्टेमा हैंसे गर्न तयार छु । म उहाँहरुसंग सधैं नजिक छु ।’



0 comments

Write Down Your Responses