Powered by Blogger.
कर वृद्धि र आकासिदो महँगीको बिरुद्ध राष्ट्रिय जनमोर्चा मकवानपुरको बिरोध

मकवानपुर / राष्ट्रिय जनमोर्चा मकवानपुरको आयोजनामा हेटौंडामा "राष्ट्रियताको रक्षा गरौं संघीयताको खारेज गरौं " कर वृद्धि र आकासिदो महँगी को बिरुद्ध बिरोध गरौं भन्ने मुल नाराका साथ सभा सम्पन्न भएको छ।

बिरोध सभाको सन्चालन राष्ट्रिय जनमोर्चा हेटौंडा नगर समिती सचिब अर्जुन न्यौपाने बाट अघि बढेको कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष कामरेड भैरवराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य आनन्द शर्मा ,अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानोभाइ कार्की ,नेकपा मसाल मकवानपुरका प्रबक्ता कामरेड रामहरी धिताल ,राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष निर बहादुर सिन्तान ,राष्ट्रिय जनमोर्चा मकवानपुरका उपाध्यक्ष ओविन्द्र बहादुर लुइँटेल लगाएतले मन्तव्य राख्नु भएको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिब सान्नानी श्रेष्ठ ,अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य दिलराज मुक्तान ,अन्टुक का केन्द्रिय कोषाध्यक्ष पुरुशोत्तम कार्की ,राष्ट्रिय जनमोर्चा को हेटौंडा नगर अध्यक्ष पुन्य प्रसाद तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses