Powered by Blogger.
आरजुको चित्रकला प्रदर्शनी जारी, आम्दानी असाहय र अनाथलाई


काठमाडौं । मन देखि लगाव भए केही काम गर्न समय र पैसाले रोक्दैन । आरजु संजेल लण्डनबाट २ वर्ष अघि एसीसीए पास गरेर स्वदेश मै केही गर्छु भनी  नेपाल आइन् । 

र, आफ्नो कामको बाबजुद  बचेको समय निकालेर आफ्नो इच्छा अनुसार चित्रकलामा जमेर लागिन् । चित्रकला सम्बन्धी विषयमा रुची राखेर उनले आफ्नो कलाको क्षमता बृद्धिको लागि सर्मपण गरेकी हुन् ।

यो कलाको यात्राले आफुलाई पहिचान दिएको उनको अनुभव छ । हरेक कलामा एक जीवन्तता लुकेको हुन्छ । उनले shierak_qiyaa नामक एक युटुब च्यानल समेत संचालन गरेकी छन्, जसमा वाटर कलर गरेका कलाको भिडियो छन् । यस प्रदशर्नीमा तेल, एक्रोलिक, पानी रंग, चर्कोल प्रयोग गरिएको उनी बताउँछिन । यस चित्रकलाको लक्ष्य आफ्नो रुचिलाई सबैले महत्व दिनुपर्छ भन्ने  रहेको उनले बताइन् । 

उनले लण्डनमा अध्ययनको सिलसिलामा रहँदा समेत नर्थहोल्ट लाईवेरीमा आफ्नो चित्रकला सफलताको साथ प्रदर्शन गरेकी थिइन् । 

चार्टर्ड एकाउण्टेन्ट अध्ययनको साथै चित्रकलामा पनि उनले अभिरुची राखेर मानिसले चाहेमा जे पनि गर्न सक्छ भनी उदाहरण प्रस्तुत गरेकी छिन्् ।

म्युजक आर्ट ग्यालरी क्याफेमा श्रावण १८ र १९ गते हुने गते भइरहेको चित्रकला प्रदर्शनीमा आरजुले १०० दिन भित्र कोरिएका चित्रकलाहरुलाई प्रदर्शनी गरिएको बताइन् । 

साथै उक्त चित्रकला बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आम्दानी असाहय तथा अनाथ बालबालिको लागि सहयोग गर्ने  उनले बताइन् ।





0 comments

Write Down Your Responses