Powered by Blogger.
हेटौडामा रात्रि भोज खाँदा दर्जनौँ बिरामी, भकाभक अस्पतालमा भर्ना हुँदै

मकवानपुर / मकवानपुर हेटौडामा लायन्स तथा लियोको पदस्थापना कार्यक्रममा रात्रि भोज खाँदा ३० जना भन्दा वढि बिरामी परेका छन् ।  लायन्स तथा लियोको संयूक्त पदस्थापना कार्यक्रमको दिन एभोकाडो एण्ड अर्चिड रिर्सोट हेटौडामा रात्रि भोज खाएका अधिकाँश बिरामी परेको लायन्स विकेश लाल श्रेष्ठले जानकारी दिए । 

 रात्रीभोज खाएर गए पछि टाउको दुख्ने वान्ता हुने जस्ता समस्या देखा परेको थियो । “जब म हस्पिटल पुगँे र चेकअपको पालो आउन्जेल पर्खन नसकेर त्यही बेन्चमा ढलें, जब पालो आयो भनेर बोलायो हेर्दा अरु ४ जना साथी उस्तै समस्या लिएर लाइनमा बसिरहेका रहेछन््” सुदिप गिरीले भने । उनले थपे, “शुरुमा त अरु केही कारणले मलाई मात्रै भएको होला भनेको थिए पछि अरु सबैमा यस्तै समस्या भएको थाहा पाएपछि भोजकै कैफियत हो भन्ने लाग्यो ।” ती ४ जना मध्ये प्रकाश अर्यालसंग मेरो चिनचान भएकोले कुरो अघि बढ्यो अनि  होटलमा फोन गरेर बुझेको तर होटलले सामान्य रुपमा लिएको बताए पश्चात सबै साथिहरु इन्तु न चिन्तु थिए, परिवार सहित लिएर हस्पिटल आएका थिए ।  यस्तै अहिले त करिब धेरै नै विरामीहरु देखा परिसकेको उनले बताए । 

 पदस्थापना कार्यक्रमकी संयोजक तथा रिजन चेयर प्रर्सन समेत रहेकी तासिडोल्मा तुम्बाहाङफेले अस्पतालमा गएर बिरामीलाई बुझ्दा बान्ता हुने, पेट दुख्ने जस्ता समस्या देखा परेको जानकारी दिईन् । यस कुरा थाहा पाए पश्चात एभोकाडो एण्ड अर्चिड रिर्सोट हेटौडाका संचालकलाई बुझ्दा यस विषयमा गम्भिर भएको र होटल पक्ष हस्पिटल पुगि विरामीलाई भेट्ने कार्य पनि गरिरहेको बताएको जानकारी दिइन् । 

 यता  एभोकाडो एण्ड अर्चिड रिर्सोट हेटौडाका म्यानेजर मनोज ढोडारीले भने,“हामी पनि यस विषयमा गम्भिर भएका छौँ, यस्ता धेरै कार्यक्रममा सेवा दिईरहेका छौँ तर हाल सम्म कहिले पनि यस्ता समस्या नआएको भन्दै त्यस विषयमा छलफल गरि समस्याको समाधान तर्फ लाग्ने बताए । ” उनले थपे, हाम्रो होटेलमा प्रत्यक्ष रुपमा सबै खाने कुरा बनाएका हौँ, त्यस्तो कुनै पनि वासी हामी प्रयोग गर्दैनौँ बाहिरबाट मगाएको आईसक्रिम समेतमा त्यस्ता समस्या हुन सक्ने समेत बताए । 

उता पिडित पक्षले भने होटलको लार्पावाहिको कारण यस्तो अवस्था आएको भन्दै दोसीलाई कार्ववाहिको सहित क्षतिपुर्ति तिर्नु पर्ने माग राखेका छन् ।

0 comments

Write Down Your Responses