Powered by Blogger.
थाहा नगरमा अब नेकपा नेतृत्वलाई अबसर र चुनैति दुबै छ

अच्युत्तमप्रसाद ढकाल,  थाहानगर अध्यक्ष, तत्कालिन नेकपा(एमाले

नेकपा बन्नुअघिको एमाले थाहा नगर कमिटीका पूर्वअध्यक्ष अच्युत्तमप्रसाद ढकाल विगतमा दलीय संयन्त्रमा रहेर काम गरिसकेका एक अनुभवी र विकासप्रेमी नेता हुन् । उनले पार्टीको थाहा नगर कमिटीको नेतृत्व सम्हाल्दा नियमित जसो सांगठानिक तथा  राजनीतिक  गतिविधी भैरहन्थ्यो । 

थाहा नगरको समृद्धिका लागि विविध परिकल्पना तथा योजना साँचेका ढकाल पछिल्लो समय राजनीतिक भुमिका नपाएपछि सामाजिक अगुवाको हैसियतमा पनि स्थानीय विकास र जागरणका लागि भिडीरहेका छन् । 

स्थानीय तहको पुनःसंरचना पछि प्रदेश सभा सदस्यमा बलियो दावेदारी प्रस्तुत गरेका उनले अन्तत सर्वसम्मतका लागि आफुलाई ‘ब्याक’ गरे । उनले  पछिल्ला दिनमा थाहाको विकासमा कुनै न कुनै रुपमा योगदान गर्दै आइरहेका छन् । 

थाहा नगरको विकासका सन्दर्भमा आर्थिक वर्ष गत वर्ष दुइवटा भव्य अन्तरक्रिया भए । जसको पहलकदमी ढकालले नै लिएका थिए । स्थानीय रुपमा क्रियाशील  विभिन्न सामाजिक संघ संस्थाहरुलाई संयोजन गरेर अघिल्ले वर्ष दुई पटक भेला आयोजना भयो । जसमा थाहा नगरको समृद्धिका लागि वृहत अवधारणा  पनि प्रस्तुत भयो । प्रस्तुत छ यि समग्र विषय समेटेर ढकालसंग गरिएको कुराकानीः

थाहा नगरका जनप्रतिनिधिहरुको यो एक वर्ष लाई कसरी मुल्याङ्कन गर्नुभएको छ ?

यो एक वर्षको जनप्रतिनिधिहरुको काम त्यती उत्साहप्रद नभएपनि नकारात्मक भन्न मिल्दैन । तर जनताले सोचेको र अपेक्षा गरे अनुसार उनीहरुको भूमिका पर्याप्त भएको पाइएन । 

उनीहरु कतै अल्मलिएजस्तो, केही ‘कन्फ्युज’ भए जस्तो पनि देखियो । जनप्रतिनिधि भएपछि औपचारिक रुपमा उनीहरुले गर्नु पर्ने काम, अनुशासन, पारदर्शीता र शुसासन जुन रुपमा देखाउनुपथ्र्यो, त्यति हुन सकेन । 

यद्यपि उनीहरुले आफ्नो तर्फबाट हदैसम्मको प्रयास भने नगरेका होइनन् । उनीहरु ‘अल्छि’ भए भन्ने कतै ठाउँ छैन । उनीहरु जनताको कामको लागि अहोरात्र खटिँदा खटिँदै पनि अपेक्षाकृत परिणाम आउन नसकेको सबैले स्वीकार्नुपर्छ । 

यसरी खटिने क्रममा उनीहरुले हिजो पार्टीको तर्फबाट जनताका सामु ल्याएको घोषणापत्रलाई पनि ध्यान दिएको भए राम्रो हुने थियो । हिजो जनताको बीचमा जाँदा कुन–कुन काम गर्छु भनिएको थियो, त्यो काम हुन सक्यो कि  सकेन, आज समीक्षाको विषय बन्नु पर्छ । यसो भनिरहँदा वडाहरुमा काम नभएको भन्न मिल्दैन, पक्कै पनि केही काम भएकै छ । 

जनप्रतिनिधि आएपछि पहिलेको कर्मचारीतन्त्र भन्दा केही फरक त देखिएको छ नि, होइन ?

भनि हालेँ नी, जनताको जति अपेक्षा थियो त्यो अवश्यै पूरा भएको छैन । यसको अर्थ पहिले भन्दा फरक देखिएन भन्न खोजेको होइन । पक्कै पनि जनप्रतिनिधि आएपछि परिवर्तन देखिएको छ, जनताको आसा र भरोसाको विन्दू भेटिएको छ । 

काम गर्ने शैली बदलिएको छ । जनताको दैनिक प्रशासनिक काममा सहजता आएको छ । यति हुँदाहुँदै  पनि जनताको गुनासो रहँदै आएको देखिन्छ । 

के के विषयमा गुनासो पाउनुभयो ?

जनताले योजनाहरुको फरफारक गर्दा झन्झट बेहोर्नुपरेको, पटक पटक नगरपालिका धाउनु परेको, भूकम्प पीडितले समयमै किस्ता रकम पाउन नसकेको जस्ता गुनासाहरु व्यक्ति गरेका छन् । 

सुशासनमा प्रश्न छ । यस्तो प्रश्न नआउने गरी काम गरुन् भन्ने हाम्रो अपेक्षा हो ।

जनप्रतिनिधिहरुले अपेक्षाकृत काम गर्न नसक्नुको अन्य कुनै कारण देख्नुहुन्छ की ? 

मुलतः उनीहरुले काम गरेका छन् । सबैको अपेक्षा पूरा गर्न सकिन्न पनि र त्यो एकैपटक सम्भव पनि हुँदैन । संघीयताको संस्थागत अभ्यासको अनुभव नभएकोले पनि केही अलमल भएको हो । स्थानीय तहमा मात्र नभएर केन्द्रमै अन्यौल कायम छ । 

चुनाव र राजनीति एउटा पाटो हो भने औपचारिक रुपमा दैनिन्दिन काम गर्नु अर्को पाटो हो । त्यो पाटोमा पनि जनप्रतिनिधिहरु कतिपयको अनुभव कम रह्यो होला । 

अब उनीहरुलाई औंला तेस्र्याएर मात्र हुँदैन । दोष हामीमा पनि छ । राजनीतिक दलहरुमा पनि छ । उनीहरुलाई निष्पक्ष सक्रियताको अभ्यासमा लाग्न हामी सबैले साथ र सहयोग गर्नुपर्छ । जनता स्वयम्को साथ पनि चाहिन्छ । सबैको साथ र सहयोगले मात्र जनप्रतिनिधिहरुले सहज ढंगले काम गर्न सक्नेछन् ।

गत वर्षको बजेटलाई ‘वनमारा उखेल्ने बजेट’ भनेर कडा टिप्पणी गर्नुभएको थियो, साँँचै त्यस्तो भयो र ? 

हो, त्यो बजेट वनमारा उखेल्ने बजेट नै थियो । एउटा नगरपालिकामा ३ सय ४४ वटा योजनामा पैसा छरेर विकास सम्भव छ ? आज हेर्नुहोस्, कतिपय स्थानमा जहाँ जहाँ काम गरियो ती अपूरा अधुरा छन् । बनाइएका वा मर्मत गरिएका कतिपय सडकहरु यसपालीको भेलले उस्तै बनाइदिएको छ । 

बजेट पनि छैन, बाटो पनि छैन । कागजमा काम देखिन्छ, सडक देखिँदैन, काम भएको पनि हो, बर्खाले लगिदियो । पूरा गर्न नसकिने योजनामा बजेटलाई कनिका छरेजस्तो गरेर विकास हुँदैन । अनि वनमारा मात्र उखेलिने हो । 

तर जनप्रतिधिहरुले यसपाली हामी सबैको निगरानी र खबरदारीलाई समेत ध्यान दिएर काम गरेका छन् । पहिले नै हामीले वनमारा उखेल्ने काम मात्र नहोस् भन्यौं, परिणाममा केही काम देखिएको छ । 

कतिपय स्थानमा निक्कै राम्रो काम पनि भएका छन् । जनसहभागिता पनि देखिएको छ । सिको गर्न लायकका कामहरु पनि भएका छन् ।

अनि यसपालीको बजेटचाहिँ कस्तो पाउनु भयो ? 

जनप्रतिनिधिहरुले गत वर्षको बजेट, विकास र परिणामबाट केही राम्रो पाठ सिकेको हुनुपर्छ । हामीले गत वर्षको विषयमा जे टिप्पणि ग¥यौं, उनीहरुले तत्काल सुधार गर्न सक्ने सम्भावना थिएन । जनताको धैरै अपेक्षा पनि थियो । 

त्यसैले गत वर्ष जे भयो, त्यसबाट सिकेर यसपटक बजेट बनाएको देखिन्छ । जुन गत वर्षको तुलनामा सकारात्मक छ । टुक्रे योजनाहरुमा बजेट नहाली कम्तिमा वडास्तरको  र भविष्यमा पिच नै गर्ने गरी सडकमा ३५ लाखको बजेट हाल्नु, अन्य योजनाहरु पनि पाँच लाख भन्दा कमको नुहुनु र वडाहरुमै ससाना समस्याहरु समाधान गर्न १०÷१० लाख रुपैया पठाउनु सकारात्मक कुरा हो । 

यसरी केही योजनाहरुलाई लिएर काम गर्दा योजनामा ध्यान केन्द्रित हुने, देखिनेगरी काम हुने सम्भावना देखिन्छ । यसमा वडाअध्यक्ष, सदस्यहरु र आम सरोकारवाला व्यक्तिहरु सजग  हुनुपर्छ ।

तपार्इंले विशेष जोड दिँदै आउनु भएको इन्द्रायणी चौर खेलकुद मैदानलाई त बजेट परेन नि ?

यो दूर्भाग्यपूर्ण हो । यो योजनामा बजेट किन हाल्नु पथ्र्यो भन्ने विषयमा कि त जनप्रतिनिधिहरुले बुझेनन्, कि हामीले बुझाउन सकेनौं । यो राष्ट्रिय गौरबकै योजना हो । अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान सहितको खेलकुद मैदान बनाउने डिपिआर नै तयार भैसकेको अवस्था छ  । 

यो डिपिआरलाई नगरपालिकाले ओनरसिप लिइसकेको अवस्था छ । अब आफैले ओनरसिप लिइसकेको योजनामा बजेट नहाल्नु भनेको विडम्वनापूर्ण कुरा हो । 

अझ यसपालीको नीति तथा कार्यक्रममा इन्द्रायणी खेल मैदानलाई नगर खेलमैदान भनेर नगरमा सीमित गरेको देखियो । यी बिषयमा हामी बसेर छलफल गर्नेनै छौं ।

इन्द्रायणी खेल मैदानको बीचमा इन्द्रायणी मन्दिर हुनु र त्यहाँ तीन वर्षे जात्रा पनि लाग्ने हुनाले विवाद छ भनिन्छ नी ?

त्यस्तो विवाद छैन, यो सतही हल्ला मात्र हो । इन्द्रायणी मन्दिर र जात्रा हामी सबैको सरोकार हो । परम्परागत संस्कृति, कला, मेला, पर्वहरुको संरक्षण र संवद्र्धनमा हामीले ध्यान दिनैपर्दछ । 

इन्द्रायणी मन्दिर र मेला–जात्रालाई नकारात्मक प्रभाव नपर्ने गरी मैदान निर्माण अघि बढाउनु पर्छ । इन्द्रायणी चौर खेलकुद निर्माणको क्रममा नगरपालिकाको समेत गरी १ करोड ३३ लाख बजेटकोे काम भइसकेको छ । यसमा ४० प्रतिशत नगरपालिकाको छ । यसरी ठूलो रकम खर्च भइसकेको योजनामा नगरपालिकाले बजेट नहाल्नु राम्रो भएन । 

अहिले त्रिवेणीको ढुङ्गा, बालुवा, गिटी आदि कौडीको भाउमा निकालिएको छ । यी सामग्री इन्द्रायणी चौर खेलकुद मैदान निर्माण र व्यवस्थापनमा लगाउन सकिन्थ्यो । यसमा पनि ध्यान पु¥याउन सकेको देखिएन । त्यसैले समग्रमा इन्द्रायणी खेलकुद मैदानमा नगरपालिकाले वास्ता गरेको दखिएन । 

अरु विवाद छैन । अझ मन्दिरलाई थप प्रवर्धन गर्नुपर्छ भन्ने हाम्रो चाहना हो । पाण्डुकेश्वर, बज्रवाराही, गोरखनाथ लगायत मन्दिरहरुको संरक्षण र प्रर्वर्धनमा धमाधम काम भइरहेको सन्दर्भमा नगरकै अत्यन्त महत्व राख्ने इन्द्रायणी माइको थान र आसपासको संरचनाको विकासमा ध्यान पुग्न सकेको छैन । यसमा मुख्य सरोकारवालाहरुको ध्यान पुगोस् भन्ने हाम्रो कुरा हो । 

बजेट कार्यान्वयन कतिको सहज देख्नु हुन्छ ? 

बजेट कार्यान्वयन नै हुन नसक्ने देखिँदैन तर कसरी कार्यान्वयन गरिन्छ भन्ने चाहिँ हेर्न बाँकी छ । अहिले योजनाहरुको कार्यान्वयन गर्ने क्रममा उपभोक्ता समितिहरु गठन गरी उनीहरुलाई तालिम दिइरहेको खबर आएको छ । यो राम्रो कुरा हो, जबकि गत वर्ष उपभोक्ता समितिलाई तालिम नै दिइएको थिएन । अर्को कुरा गत वर्ष धेरै योजनाहरु भएकाले अनुगमनमा पनि समस्या देखिएको थियो । 

यसवर्ष अनुगमनको काम पनि सहज हुने देखिन्छ । यसवर्षको बजेट कार्यान्वयन गर्ने क्रममा कतिपय वडाका योजनाहरु संचालन गर्दा उपभोक्ता समितिमार्फत् नगरी सिधै ठेक्कामार्फत् गर्ने निर्णय भएको भन्ने पनि सुनिएको छ ।

पहिलो प्रयास त उपभोक्ता समितिमै हुनु पथ्र्यो, अब ठेक्कामै जाने भए पछि पनि उपयुक्त चाहिँ एकीकृत ढंगले जाँदा हुन्छ । जस्तो कि कुनै वडामा ७ वटा योजनाहरु छन् र ठेक्कामा लगाउने हो भने छुट्टा छुट्टै ठेक्का नगरी एउटै ठेक्काबाट काम गराउन सकिन्छ । 

यसो गर्दा ठेकदारहरुको मिलोमतो हुने सम्भवना कम हुन्छ र एउटै ठेकेदारसँग काम गर्न सकिन्छ जसले अनुगमनमा पनि प्रभाकारिता ल्याउन सकिन्छ । यस्तो ठेक्का अनलाइनमार्फत् बिड गर्न सकिने हुनाले ठेकेदारहरुको मिलोमतो हुने सम्भावना रहँदैन । 

अब वडाहरुमा गएको १० लाख रुपैंयाको कार्यान्वयन कसरी हुन्छ भन्ने चाहिँ एउटा विषय हो । १० लाख यस–यसमा खर्च गर्नुपर्छ भन्ने सिलिङ र शीर्षक नभएको हुनाले त्यसमा आर्थिक सुशासन महत्वपूर्ण पक्ष बन्न सक्छ । औचित्य पुष्टि हुने गरी १० लाखको काम हुन सक्यो भने राम्रै हो ।

 त्यसलाई वडाको कार्यालय सजाउने, सुविधा साधन तथा वस्तुहरु खरिद गर्ने, भत्ता तथा अन्य खर्चहरुमा लगाउने गरियो भने त्यो रकम औचित्यहिन हुुन जानेछ । 

यो बजेटबारे तपाईंहरुको पार्टी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को धारणा चाहिँ के छ नि ?

भर्खरै दुई पार्टी एक भएर नेकपा बनेको छ । यसको तल्लो तहसम्म संचरना तयार भइसकेको छैन । तथापि विगतमा हामीले दिएको सुझावहरुकै आधारमा बजेट आएको हुनाले यसलाई समग्रमा पार्टीले नराम्रो मानेको छैन । 

अब निकट भविष्यमा पार्टीको थाहा नगरकमिटि बन्ला, त्यसले बजेटको बारेमा आधिकारिक धारणा सार्वजनिक गरी बजेट कार्यान्वयनको सन्दर्भमा नीतिगत सुझावहरु बाहिर ल्याउला, यो आसा गरौं । 

नेकपा एमालेको पूर्व थाहा नगर अध्यक्ष भएको हैसियतले अब नेपाल कम्युनिष्ट पार्टी नेकपाको थाहा नगरको नेतृत्व गर्ने विषयमा तपाईंले केही सोच्नु भएको छ कि ? 

विगतमा नेकपा एमालेको थाहा नगर कमिटि चलाईरहाँदा हामी सफल भएकै हो । हामीले त्यसबेला थाहा नगरपालिकाबाट महत्वपूर्ण निर्णयहरु गराउन पनि सफल भयौं । यो सन्दर्भमा नेतृत्वमा मेरो विभिन्न कोणहरुबाट साथीहरुले चलाउनु अस्वभाविक होइन । 

अब एकीकृत पाटी बन्दै गर्दा नेतृत्वको सामु अवसर र चुनौति दुबै छ । अवसर यस मानेमा कि यो नेतृत्व थाहा नगरको अत्याधिक सदस्य र समर्थन रहेको जनताको नेतृत्व हुनेछ र उसले नगरपालिका र स्थानीय सरकारको सफलतामा प्रभावकारी ‘गाइड’ गर्न सक्छ । यो आफैमा चुनौति पनि हो । 

एउटा समुद्रमा डुङ्गा खियाउँदा गन्तव्यमा पु¥याउन सकिएन र बीचमा असला माछा देखेर त्यतै ध्यान दिन थालियो भने गन्तव्यमा पुग्न सकिँदैन । सबै यात्रुहरुलाई सहजै गन्तव्यमा पु¥याउने चालक हुन सक्नुपर्छ । 

त्यसैले नेतृत्वमा को आउने भन्दा पनि कस्तो नेतृत्व आवश्यक हो र त्यो भूमिका कसरी–कोबाट सम्भव छ भन्नेमा छलफल हुन जरुरी छ । 



0 comments

Write Down Your Responses

pfizer vaccine