Powered by Blogger.
फिल्म हलमा भीषण आगलागी, करोडको नोक्सानी


मकवानपुर ÷ हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका नरेद्र महर्जनले  हेटौंडा–४, हुप्राचौरमा सञ्चालन गरेको फिल्म हलमा आगलागी भएको हो । बिहानैदेखि आगलागी भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो २ तले भवनको सबैभागमा फैलिएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार फिल्म प्रर्दशन गर्ने पर्दामा विद्युत सर्ट भएर आगो फैलिएको जनाइएको छ । ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रणमा लिन जनपथ, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
 जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेशकुमार सिंहको नेतृत्वमा ४० जना, प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट ५०जना, शसस्त्र र नेपाली सेनासमेत आगो नियन्त्रणमा खटिएका छन् ।
Image may contain: outdoor

0 comments

Write Down Your Responses