Powered by Blogger.
मेघा अडिसनको लागि ३० जना छनौट

जनक तामाङ
थाहानगर / पालुङ जेसिजको आयोजनामा भईरहेको धर्मलाल एकल गायन तथा गोपीकृष्ण एकल नृत्यको मेघा अडिसनका लागि  ३० जना छनौट भएको छन्। गायनतर्फ १० र नृत्यतर्फ २० गरि मेघा अडिसनका लागि ३० जना छनौट भएका हुन् । 

शनिवार पालुङ जेसिजको आफनै हलमा भएको प्रि अडिसनबाट गायन तर्फ ३ जना र नृत्य तर्फ ८ जना मेघा अडिसनको लागि छनौट भएका थिए । त्यसैगरि बज्रबाराहीमा भएको प्रि अडिसनबाट गायततर्फ २ जना र नृत्यतर्फ ६ जना, चित्लाङमा भएको प्रि अडिसनबाट गायनतर्फ ५ नत्यृतर्फ ६ जना छनौट भएका थिए ।

 बिजयश्याम अमात्य , शोभिता गोपाली, सुसान्त गोपाली र पर्मेस्वर गजमेरले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गायनमा १७ र नृत्यमा ५० गरि जम्मा ६७ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताको फाईनल भने  तिज विशेष सास्कृतिक कार्यक्रमको साथमा पाण्डुकेश्वर मन्दिुर परिसरमा हुने महासचिव सानोबाबु मुक्तानले जानकारी दिए ।

0 comments

Write Down Your Responses