Powered by Blogger.
पत्रकार गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार’को म्युजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

मकवानपुर ।  मकवानपुरका पत्रकार गिरिजा अधिकारीको शब्दमा रहेको ‘ए सरकार’ बोलको गीतको म्युजिक भिडियो युटुव मार्फत् सार्वजनिक गरिएको छ । देशका युवाहरुले भोग्नुपरेको बरोजगारीको समस्यालाई लिएर बनेको गीतको म्युजिक भिडियोलाई आईतबार ‘भीमफेदी गाइज’ले आफ्नो युटुव च्यानल मार्फत् बजारमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सार्वजनिक गरीएको गीतमा पुष्पन प्रधानले स्वर दिएका छन् भने विकास पाण्डेको संगीत रहेको छ । भिडियोलाई रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको हुन् । निर्मल लामाको निर्देशन र भीमफेदी गाइजको अभिनय रहेको भिडियोलाई पवन सुस्लिङले छायाँकन गरेका हुन् । बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई गीतमा उतारिएको छ । हेर्नुहोस् भिडियो

0 comments

Write Down Your Responses