Powered by Blogger.
अनाथ बालबालिकाहरुसँग कार्कीको जन्मदिन


काठमाडौं । अनेरास्ववीयू त्रिविका नेता सञ्जय कार्कीले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरुसँग मनाएका छन् । 

किर्तिपुरमा रहेको चिल्ड्रेन अफ द स्ट्रीटकोट्स नेपालमा रहेका २९ जना अनाथ बालिकाहरुलाई खाना खुवाएर जन्मदिन मनाईएको हो । 

तीन वर्षकी सानी अनाथ बालिकाबाट केक काटेर सुरु गरेको जन्मोत्सवमा त्रिविका प्रिन्सिपल कृष्ण आचार्य प्रमुख अतिथि थिए । 

कार्यक्रमका विशिष्ट अतिथि अनेरास्ववीयूका केन्द्रिय उपाध्यक्ष महेश बर्तौला, अतिथिहरु अनेरास्ववीयू क्रान्तीकारीका केन्द्रिय सचिव राजकुमार याक्सो, अखिल केन्द्रिय सदस्य सुमन राज कार्की, अखिल त्रिवि अध्यक्ष मदन विष्ट, अखिल क्रान्तीकारी त्रिवि अध्यक्ष लोकेन्द्र यारी, प्रहरी सहायक निरिक्षक नवराज खड्का सहित थिए ।
कार्कीले यस्तो स्वार्थी दुनियामा अनाथ बालबालिकाको रेखदेख गरेकोमा र आफ्नो जन्मदिन मनाउन पाएकोमा संस्थाका निर्देशक हरि प्रसाद शर्मालाई धन्यवाद दिएका थिए । 

जन्मदिनमा भावुक बनेका कार्कीले अनाथ बालबालिकासँग खुसी साट्न  पाएकोमा अत्यन्तै हर्षित भएको बताए । र बाँकी जन्मदिनहरु कुनै न कुनै सामाजिक काम गरेर मनाउने नेता कार्कीले बताए ।

0 comments

Write Down Your Responses