Powered by Blogger.
कैलाशको १ नम्बर वडामा तालाबन्दी,अध्यक्ष योञ्जन बेखबर

Image result for तालाबन्दी,कैलाश / मकवानपुरको कैलाश गाउँपालिका १ नम्बर वडामा तालाबन्दी गरिएको छ । वडा अध्यक्षले मनलाग्दी गरेको र नागरिकको गुनासो नसुनेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा अध्यक्ष पेमा योञ्जनले गाउँपालिकाको बजेटमा समानुपातिक र न्यायोचित वितरण नगरेको लगायतको आरोप लगाई स्थानीयले तालाबन्दी गरेका स्थानियले जानकारी गराएका छन् ।

यता अध्यक्षले भने ३ दिन देखि वडा पालिका नभएको भन्दै त्यति थाहा नभएको तर्क राख्छन् । किन वडा कार्यालयमा नजानु भएको भन्ने प्रश्नमा योञ्जन भन्छन्,“हेटौडामा काम परेकोले गर्दा ३ दिन देखि यतै छु ।"

0 comments

Write Down Your Responses