Powered by Blogger.
कैलाशको बजेटमा विवाद, पर्याप्त बजेट नछुट्याएपछि सपना अधुरै

हेटौंडा / कैलाश गाउ“पालिकाको बजेट विनियोजनमा विवाद उत्पन्न भएको छ । साउन ३० गते गर्ने भनिएको गाउ“सभा कोरम नपुगेको भन्दै स्थगित भएको थियो । गाउ“सभा स्थगितस“गै बजेट विनियोजनमा एकलौटी गरिएको भन्दै गाउ“पालिका अध्यक्ष र वडा अध्यक्षबीच विवाद भएको हो ।

गाउ“पालिका अध्यक्ष र वडा अध्यक्षबीच योजना छनौटमा विवाद हु“दा गाउ“परिषद् सम्पन्न गर्न कठिनाइ भएको छ । वडा–१, २, ३, ४, ५, ६, ९ र १० का वासिन्दाले गाउ“पालिका कार्यालयसम्म जाने गोगने–कालिकाटार सडकखण्डमा बजेट विनियोजन गर्न पटकपटक माग राख्दै आएका थिए । करोड बजेट विनियोजन गर्नुपर्ने वडा अध्यक्षहरुको माग भए पनि गाउ“पालिका प्रमुखले एक लौटी निर्णयमा ५० लाखमात्र बजेट विनियोजन गर्न लागेको भन्दै युवाले पनि आपत्ति जनाएका छन् । 

गाउ“पालिका अध्यक्ष टंक मोक्तानले स्थानीय तथा प्रदेश सरकारबाट प्राप्त हुने बजेट आफ्नो क्षेत्रमा मात्र विनियोजन गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेको छन् । मनहरी—भार्ता—कैलाश सडकखण्ड र वैकुण्ड—गजुरी बाटोलाई मात्र प्राथमिकता दि“दै वडा अध्यक्षको योजनालाई बेवास्ता गरेकाले गाउ“सभा सम्पन्न गर्न कठिनाइ भएको बुझिएको छ । 

चुनाबका बेला गोगने—कालिकाटार सडकखण्डलाई पहिलो प्राथमिता दिने प्रतिवद्धता व्यक्त गरेका अध्यक्ष मुक्तानले यस वर्ष ५० लाखमात्र बजेट बिनियोजन गरेको खबरले २, ३, ५ र ६ वडाका स्थानीय चिन्तित भएका छन् । गोगनेदेखि कालिकाटार सडक निर्माण भए वडा–२, ३, ५, ६ र १० का वासीले प्रत्यक्ष लाभ पाउनेछन् । गोगनेबाट करिब १५ किलोमिटर सडकखण्डमा ५ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ । ९ किलोमिटर निर्माण गरिए गाउ“पालिकादेखि चुनिया“ हु“दै हेटौंडासम्म जान÷आउन छिटो र त्यस क्षेत्रमा उत्पादित कृषि उपज ओसारपसार गर्र्न सहज हुने कैलाश–५ को त्रिपुरावर टोल विकास संस्था अध्यक्ष रामशरण बिष्टले बताए । खेलकुद महासंघ कैलाशका इञ्चार्ज ओमबहादुर मुक्तानले भने–गाउ“पालिकाले २ करोड बजेट उक्त सडकखण्डमा विनियोजन गर्नुुपर्छ ।
निमार्णधिन सडक खण्ड कैलाश ५ 
वडा–३ का अध्यक्ष देवलाल बलले कालिकाटार सडक निर्माण आफ्नो पहिलो एजेण्डा भए पनि धेरै प्रयास गर्दासमेत बजेट विनियोजिन गर्न अध्यक्ष तयार नभएको बताए । गोगनेदेखि १५ किलोमिटर कालिकाटार र कालिकाटारदेखि १८ किलोमिटर चुनिया“ र त्यहा“देखि २२ किलोमिटर हेटौंडासम्मको छोटो दुरीको सडक निर्माण गर्न स्थानीयहरु पटकपटक आफूकहा“ आइरहेको वडा–५ का अध्यक्ष छेकु लामाले बताए । वडा–४ का तिलक मोक्तानले भने–कालिकाटार सडकखण्ड निर्माण भए वडा–४ का वासिन्दालाई समेत धेरै फाइदा पुग्नेछ । आर्थिक वर्ष २०७४÷०७५ मा उक्त सडक निर्माणका लागि ९८ लाख विनियोजन गरिए पनि हाल ५० लाखमात्र बिनियोजन गर्दा वडावासी गाउ“पालिकासम्म गाडीमा चढेर आवतजावत गर्ने सपना यस वर्ष पनि पूरा नहुने छा“टका“ट देखिएको छ । गाउ“पालिका उपप्रमुख सुकुमाया थिङले बजेट माग गर्ने कुरामा वडा अध्यक्ष तथा सदस्यहरुले अधिकार नै भएको भन्दै त्यस विषयमा केही वडा अध्यक्षको गुनासो रहेको बताइन् । 

‘सडकखण्डलाई अर्को वर्ष सम्पन्न गर्ने गरी बजेट बिनियोजन गर्ने र स्थानीयको सपना पूरा गर्नेछौं,’ उनले भनिन् । गाउ“पालिका अध्यक्ष मोक्तानले उक्त सडकखण्ड निर्माण गर्न धेरै खर्च लाग्ने अनुमान प्रविधिकले गरेको जानकारी दि“दैै भौगोलिक बिकटतालाई बिर्सेर कल्पनामा उड्दा यथार्थताको धरातललाई बिर्सनु नहुने तर्क गर्छन् । ‘वडा अध्यक्षहरुलाई योजना निर्माणको सामान्य सिद्धान्तसम्म ज्ञान नभएजस्तो व्यबहार प्रस्तुत गर्नु जायज छैन,’ उनले गाउ“पालिकाको बजेटको मर्म र औकातलाई बुझ्न जरुरी रहेको भन्दै एकै पटक सबै वडामा विकास गर्नुभन्दा प्राथमिकताका आधारमा विकास गर्दै जाने बताए । 

यता वडावासीहरुले भने पक्षपाती गरेको आरोप लगाईरहेका छन् । गाउँपालिका सम्म गाडिमा जाने सपना पुरा गर्दिन्छु भनि चुनाव अभियानमा पहिलो प्राथामिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेतापनि हाल चासो नदेखाउनु ५ र ६ का वडावासीहरुले पक्षपातीकोे शंज्ञा दिएका छन् ।

0 comments

Write Down Your Responses