Powered by Blogger.
मकवानपुरका संचारकर्मीद्धारा प्रेश स्वतन्त्रताको ग्यारेन्टी गर्न माग

Image may contain: 4 people, including Hari Humagain and Rammani Dahal, people smiling, people sittingमकवानपुर /  मकवानपुरका संचारकर्र्मीहरुले प्रेश स्वतन्त्रताको ग्यारेन्टी गर्नका लागि माग गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश–३ समिति र नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको मुलुकी (फौजदारी) संहिता, मुलुकी (देवानी) संहिता २०७४ मा गोपनीयताको हक’ विरुद्ध कसुर सम्बन्धि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचनबारे छलफल कार्यक्रममा सहभागिहरु संचारकर्मीहरुले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई कुण्ठीत नगरीकन पुर्ण रुपमा कार्यनयन गर्नका लागि माग गरेका छन्

कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंमबर प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले संबिधानमा लेखिएको प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा कुण्ठीत गर्न नपाईने बताउनुभयो । कानुन बनाउनुभन्दा पहिलेनै पत्रकार संग छलफल गरेर ल्याइएको भए त्यस्तो समस्या नपर्ने भएपनि पहिले सल्लाह नगरेकाले अहिले समस्या भएको उहाँले बताएका छन् ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले अहिले भदौ १ गतेबाट लागू भएको कानुनमा अर्काको कुरा सुन्न र ध्वनी अंङकन गर्न नहुने, गोप्य कुरा प्रकट गर्न नहुने, अनुमती बिना कसैको तस्बिर खिच्न नपाईने जस्ता कानुनका बुदाहरु सच्याउनका लागि अध्यक्ष हुमागाईले आग्रह गर्नुभएको छ ।

पत्रकारका निम्ती पत्रकार आचार संहिता पनि भएको र प्रेशकाउन्सिलले पनि पत्रकारबाट भएका गल्ती कमी कमजोरी भएकाले अर्को थप कानुनका कारण पत्रकारले नागरिकलाई सुचना दिनका लागि समस्या हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा तीन नंमबर प्रदेश पत्रकार महासंघका महासचिब कृष्ण सारु मगर, अधिबक्ता धुर्बप्रसाद चौलागाई, जिल्ला बार एसोयिशन मकवानपुरका उपाध्यक्ष ऋसी केबी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतकाले प्रेसलाई स्वतन्त्र बनाउने तर्फ लाग्न आग्रह गरेका थिए ।

0 comments

Write Down Your Responses