Powered by Blogger.
रियाज रेकर्डिङ स्टुडियोले कभर गीत प्रतियोगिता गराउदै

नेपालमा यतीबेला विभिन्न गायन प्रतीयोगीताहरुले तहल्का पिटिरहेको छ । देशका विभिन्न कुना कन्दरामा रहेका ती गायन प्रतीभाहरुलाई उजागर गर्ने यी प्रतीयोगिताहरुको उद्देश्य हो ।

यस्तै टिकापुरमा रहेको रियाज रेकर्डिङ स्टुडियोले भने कभर गीत प्रतियोगिता गराउने भएको छ । सुदुरपश्चीम अर्थात  ७ नं प्रदेशका कलाकारहरुलाई उजागर गर्ने उद्देश्यले यो उक्त प्रतियोगिता अायोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

यस प्रतीयोगीताले भने सुदुरपश्चिमका कुना कुनामा छरिएर बसेका प्रतीयोगीहरुलाई पर्दामा भने अवश्य ल्याउने छ । उक्त प्रतियोगिताको संयोजक भने गायक रबिन स्वाँर काजी हुनुहुन्छ ।  दिएको जानकारी अनुसार यो  प्रतियोगितामा प्रदेश नं ७ मात्र नभई  प्रदेश नं. ५ कर्णाली प्रदेशका प्रतिभाहरू लगायत देशका विभिन्न ठाउँमा छिरिएर बसेका प्रतीभावान सहभागीले पनी सहभागिता जनाउन सक्ने जानकारी दिनुभएको छ ।

प्रतीयोगिताको बारेमा गायक स्वाँरले भन्नुभयो गायन प्रतिभा भएर पनि अार्थिक अवस्थाका कारण अगाडी बढ्न नसकेका प्रतिभालाहरुलाई अगाडी बढ्न यस प्रतीयोगीताले मद्दत पुर्याउने छ, र हामी, उक्त प्रतियोगिताका सबै कभरहरूलाई युट्युबमा समेत राख्नेछौं ‘उहाँले भन्नुभयो” यसरी राखिएका कभर गीतहरूलाई युट्युब मार्फत भोट गर्न सक्नुहुनेछ । युट्युबबाट प्राप्त भएको सबै भन्दा धेरै हेरिने भिडीयोबाट १ जना महिला र पुरूषलाई विजेता घोषणा गरिने बताउनुभयो  ।

यस्तै उक्त प्रतीयोगीता बाट विजेता हुने २ जनाको अफिसियल गीत र म्युजिक भिडियो रियाज स्टुडियो मार्फत गरिदिने स्टुडियोका संचालक समेत रहेका पुष्कर खत्रीले बताउनु भएको प्रतीयोगीताका संयोजक स्वाँरले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses