Powered by Blogger.
नेपाल एकिकरणका वीर योद्धाहरुको स्मृतिमा चित्रकला प्रदर्शनी सम्पन्न


काठमाडौं । नेपाल मण्डल पर्यटन नगरी दक्षिण पश्चिम भेगको आयोजना भएको चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । 

बिहिबार नेपाल आर्ट काउन्सिल बबरमहलमा भएको समापन समारोहमा पुर्वप्रधानमन्त्री झलनाथ खनालले सातदिने प्रदर्शनीको समापन गरेका हुन् । 

यही भदौ १ गते पुर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदर्शनीको उद्घाटन गरेका थिए । कार्यक्रममा समाजमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 

नेपाल मण्डल पर्यटन महोत्सव २०७४–७५ का संयोजक कृष्ण केसीले सञ्चालन गरेको सो कार्यक्रममा उपत्यकाको पर्यटन विकासको खाका समेत प्रस्तुत गरिएको थियो । 

केही महिना अघि चन्द्रगिरी स्थित चन्द्रगढीमा आयोजना भएको चित्रकार्यशालामा तयार गरिएका चित्रहरु सो प्रदर्शनीमा राखिएको थियो । 

दक्षिण पश्चिम भेग अन्तर्गत नेपाल मण्डल पर्यटन नगरीमा टिस्टुङ, चित्लाङ, पालुङ, थाहा, इन्द्रसरोबर, चन्द्रागिरी, दक्षिणकाली र किर्तीपुर लगायतका स्थान पर्छ । 

सो स्थानको सम्पदा, संस्कृति, पर्यटन र कलाको विकास र सम्वद्र्धनका लागि समितिले पहल गरिरहने संयोजक विनोद महर्जनले जानकारी दिए ।

अहिले नगरे कहिले, हामीले नगरे कसले, समृद्ध नेपाल हाम्रै पालामा भन्ने महान उद्घोषका साथ काठमाडौं उपत्यका आसपासका चारैतिरका स्थानको पर्यटन, संस्कृति, पर्यावरण लगायतका सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने अभिप्रायले कृष्ण केसीको संयोजकत्वमा नेपाल मण्डल पर्यटन नगरी नामक वृहत कमिटी गठन भई पर्यटन विकासका लागि वृहत अभियान अघि बढिरहेको छ ।

विभिन्न नयाँ नयाँ अभियानहरुको योजना अघि सार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउन निरन्तर भिडिरहने उनको अभियान सफल बन्दै गएको छ ।

यसै सन्दर्भमा सोही समिति अन्र्तगत दक्षिण पश्चिम भेगका संयोजक श्री बिनोद महर्जनको अगुवाईमा केही महिना अघि चन्द्रागिरी डाँडाको चन्द्रगढिमा टिस्टा काँकडा लगायत  नेपाल एकिकरणका वीर योद्धाहरुको स्मृतिमा चित्रकला कार्यशाला सम्पन्न भएको थियो । 

सोही कार्यशालामा तयार गरिएका चित्रहरु यही २०७५ भदौ १ देखि ७ गते सम्म तीनै  वीर योद्धाहरुको सम्झना र सम्मानमा प्रदर्शनी भएको थियो ।  

नेपालका वरिष्ठ ५० जना कलाकारहरुले कला कार्यशालामा रचना गर्नुभएको चित्रकला सहित उहाँहरुको परिचय समेत समितिले प्रकाशन गरेको छ ।  

प्रदर्शनीमा २० औं हजार दर्शकले अवलोकन गरेका थिए ।







0 comments

Write Down Your Responses