Powered by Blogger.
महोत्सवबाट टिष्टुङको पहिचान स्थापित गर्न प्रसास गछौं



इन्द्र श्रेष्ठ, संयोजक, टिस्टुङ महोत्सव मूल समारोह समिति, मकवानपुर

असोज २४ गते देखि २७ गेत सम्म टिस्टुङ महोत्सव आयोजना गर्ने तयारी अगाडि बढाउनु भएको छ, यसको तयारी कसरी अघि बढ्दैछ ?

टिस्टुङ महोत्सव आयोजना गर्ने कुरा चलिसकेपछि हामीले टिस्टुङ क्षेत्रका व्यापारी  एवं त्यहाँका स्थानीय बासिन्दासंग छलफल ग¥यौं । सबैजना सकारात्मक भएपछि उहाँहरुको छलफलबाट हामीले महोत्सव गर्ने निर्णयमा पुगेका हौं । 

महोत्सवको उद्देश्य बारे सबैलाई प्रस्ट जानकारी गरायौ । त्यहि जानकारी पछि उहाँहरुलाई नै अनुमोदन गराईकन उहाँहरु संग बैठक बसि टिस्टुङ महोत्सवको आयोजना अगाडि बढाएका छौ । यो टिस्टुङ महोत्सव नेपाल सम्वत ११ सय ३९ न्हुँदया भिन्तुनाको अवसरमा गरिने कार्यक्रममा समापन गर्न गइरहेका छौं ।

 त्यहाँको स्थानीय कला, संस्कृति, सम्पदा, मौलिकताको प्रचार प्रसार र स्थानीय उत्पादनहरुको प्रवद्र्धनको लागि महोत्सव गर्न खोजिएको हो । यो महोत्सवको लागि मूल समारोह समिति  गठन भएको छ  । यसको सयोजक म आफै रहेको छु । र, सहसंयोजक चाँहि प्रमोदकृष्ण जोसी रहनु भएको छ । 

अर्काे कुरा हामीले कार्यक्रमको तयारीको लागि बिभिन्न २२ वटा समिति गठन गरि सकेका छौ । जस्तैः सांस्कृतिक समिति, नृत्य–गायनको छुट्टै समिति, आफ्नै मौलिक कला सांस्कृतिको छुट्टै समिति लगायतका  उपसमिति समेत गठन गरेको छांै । 

यस्तै गेट निर्माण, स्वागत सत्कार देखि हरेक काममो जिम्मेवारी बाँडफाँट भएर हामी सबै तयारीमा जुटिरहेको अवस्था छ ।

महोत्सव गर्नु एउटा फेशन जस्तो चलिरहेको छ, तपाईहरुले महोत्सव गर्नुको मुख्य उद्देश्य के हो ?

निश्चित रुपमै हो, अहिले हरेक स्थानका महोत्सव फेशनकै रुपमा भईरहेका छन् । हामीले  पनि किन टिस्टुङ महोत्सवको आयोजना नगर्ने भन्ने लाग्यो । अहिले सम्म भए गरेका अधिंकाश महोत्सवहरु  उद्योग वाणिज्य संघले  आयोजना हुन्थे । महोत्सव भनेर नाम दिएता पनि ति महोत्सव व्यापारीक भेला र मेला जस्तो देखिन्थ्यो ।

हामीले टिस्टुङमा गर्ने भनेको  थाहा नगरपालिकाको टिस्टुङ महोत्सव हो । हामीले एउटा नारा नै तयार पारेका  छौ कि ‘ऐतिहासिक टिस्टुङ हाम्रो पहिचान, सम्बृद्ध टिस्टुङ हाम्रो अभियान’ । 

यो हामीले के कारणले बनाएका हौं भने हाम्रो ठाउँमा भएको  नाम  टिस्टुङ पनि अचेल ओेझेलमा पारियो । हाम्रो स्थानको नाम ऐतिहासिक टिस्टुङ हो तर एउटा काल खण्डमा त्यसलाई बज्रबाराही बनाईयो ।

अहिले हाम्रो चाल चलनको बोलिचाली भाषा बज्रबाराही भनिएपनि यो नाम हाम्रो पहिचान होइन । हाम्रो पहिचान ऐतिहासिक टिस्टुङ नै हो । 

टिस्टुङको अभिलेखहरुले  पनि हाम्रो स्थानको महत्व  कति छ भन्ने कुरा प्रस्ट पारेको अवस्था छ । अंशुवर्माको अभिलेखामा २ वटा अभिलेख रहँदा खेरी त्यहाँ टिस्टुङ भनेर उल्लेख भएको हो । यो अभिलेख हामी संग छन् । त्यो अभिलेखमा लेखेको शब्द टुस्टुङ छ । पछि टिस्टुङ भन्न थालिएको हो । 

अहिले त्यो टिस्टुङ भनेर चिन्न पर्ने ठाउँलाई बज्रबाराही भनेर हामीले बोल्दै आयौं  । हामीले महोत्सवमा अन्तबाट ल्याएर स्टल राखेर बाहिरको सामान व्यापार गर्ने होइन । त्यहाँको मौलिक उत्पादन विक्री तथा प्रवद्र्धन गर्ने हो ।

थाहानगरपालिकाका व्यावसायीहरु आ आफनो ठाउँबाट व्यावसाय गरिराख्नु भएको छ । उनीहरुलाई नै समेटिएर उहाँहरुको व्यावसायको  साथै त्यहाँको उत्पादनका  लागि एउटा  स्टलको व्यावस्था गरिनेछ । त्यहाँ भएको मौलिक साँस्कृतिक जस्तै हिजो देखि चाल चलनमा  आएका  मौलिक  खानाका प्रकारहरु देखि लिएर टिस्टुङमा उत्पादन हुने सामाग्रीको स्टल राख्ने  योजना छ । 

हामी कहाँ भएका सहकारीहरुले आफनो उत्पादन बढाउन थालिसकेको अवस्था छ । जस्तै साना किसान  सरकारी आफ्नै अचार उत्पादन गर्दैछ । हामी त्यस्ता उत्पादनहरुलाई स्थान दिन्छौं । 

त्यहाँका मौलिक कला, संस्कृति, स्थानीय उत्पादन र पहिचान के के छन् ?

अहिले हामी कहाँ विस्तारै ति मौलिक उत्पादनहरु लोप हुँदै गइरहेका छन् ।  एकताका व्यापक हुने  ढिकीमा कुटेका चिउरा लोप हुदै गइरहेको छ । त्यो चिउरा अहिलेको चिउरा भन्दा असाध्यै  मिठो चिउरा हो ।  

अहिले हामीले त्यसलाई व्यवस्थित ढंगले उत्पादनमा ल्याउन खोजिरहेका छौं । त्यसको  एउटा स्टल राख्ने तयारीमा छौ । हामीले त्यो  तयारीमा अहिले देखि नै लागेका छौ । 

अर्काे कुरा चाँहि हाम्रोतिर बुनिने खेसकोे कपडा एक समय अत्याधिक बिक्रि वितरण  हुन्यो । पछिलो समय रेडिमेट कपडाले गर्दा त्यो कपडा  लोपोन्मुख भएको छ । हामीले त्यसलाई कसरी बचाउन सकिन्छ भनेर त्यस तर्फ पनि सोचेका छौं । त्यसको अध्ययन गरेका छौ । 

त्यो चिजलाई लिएर खेसको कपडाको स्टलको व्यवस्था पनि गरेका छौ ।

त्यसै गरी हाम्रो मौलिक खानाका प्रकारहरु टिस्टुङ क्षेत्रममा हुने गरेको  बिभिन्न जातिले खाने गरेका मौलिक खानाका प्रकारहरुको लागि पनि हामीले व्यवस्था गरेका छौ ।

अर्काेकुरा, हामी कहाँ हुने बिशेषत नगदेबाली,तरकारी खेति तथा अन्य कृषि उत्पादनलाई आधुनिकिरणीमा हामीले अगाडि बढि रहेको अवस्थामा कृषि बजारी करणमा समस्या आइरहेको अवस्था छ । 

अहिले हाम्रोमा न्युनतम मुल्यममा तरकारी पाईरहदा खेरी उता उपभोत्ता कहाँ पुग्दा हजारै गुणा बढ्छ । त्यो हजारौं गुणामा हामी तरकारी किनी खान बाध्य छौ । त्यो तरकारी कतिमा पाईन्छ । त्यसको  पनि थाहा नहुन सक्छ । त्यसैले हामी त्यहाँ किसानको तरकारी उत्पादनहरु वाश्तविक मुल्यमा राख्न गइरहेका छौं । 

टिस्टुङ महोत्सव र हामी कहाँ भएको घरेलु उद्योगले उत्पादन गरेको सामाग्रीहरुको विक्री वितरण प्रर्दशनको लागि कोशेढुङ्गा हुनेछ । मुलत हामी यो महोत्सवबाट टिष्टुङको पहिचान स्थापित गर्न प्रसास गछौं ।

विगतमा सामाजिक  काममा  राजनीतिक प्रतिरोध र आरोप पत्यारोपको  समस्याले व्यवधान आँउथ्यो, अहिले कसरी मिलाउनुभएको छ ?

राजनीतिक  कारणमा हामीले सोचेका पनि छैनौं । हामीले हाम्रो  समुदायमा भएका गन्नेमान्ने मानिसहरुसंग छलफल  गरेका छौ । सहकार्य गरेका छौ । हामी कहाँ भएका १३ वटा वित्तिय संस्थाहरुलाई हामीले सहआयोजकको भूमिका निर्वाह गर्नेको लागि अपिल ग¥यौ । 

उहाँहरुले पनि सहजै हाम्रो प्रस्ताव स्वीकारेर हामी सहआयोजकको भूमिका निर्वाह गर्छु  भनेका छन् । र,  हाम्रो सबै सहकारीका सदस्यलाई एक दिन भए पनि बोलाउछौ भनेर प्रतिवद्धता गर्नुभएको छ । यसलाई राजनीतिक मुद्दा नबन्ने गरी  कुनै हामी अघि बढीरहेका छौं । 

हामी राजनीति कारणले  र प्रभावले यो कार्यक्रम गर्ने गहिरहेका छैनौं । कसैले पनि यो कार्यक्रमबाट राजनीति स्वार्थ लिने छैनन् । 

विशुद्ध रुपमा हाम्रो टिस्टुङको प्रवद्र्धनका लागि टिस्टुङ ठाउँलाई कसरी अगाडि बढाउने भन्ने सोचेर हामीले आमसमुदाय र  आमराजनीतिक कर्मीहरु लगायत सबैसंग छलफल गरि यो कार्यक्रम अगाडि बढाएका छौं । त्यहि भएर हामीलाई अहिले सम्म कसैले कुनै राजनीतिक रुपले हेरेको छ जस्तो मलाई लाग्दैन । यो विशुद्ध सामाजिक काम हो ।

महोत्सवमा आन्तरिक तथा वाह्य पर्यटकको उपस्थितिको कतिको लक्ष्य राख्नु भएको छ ?

अहिले हाम्रो क्षेत्रमा रहेका १३ वटा वित्तिय संस्थाहरुका सदस्यहरु २० हजार रहेका छन् । उनीहरु बाहेक थाहा नगरपालिका समगभरी कार्यक्षेत्र रहेका, इन्द्र सरोवर गाउँपालिकामा २० हजार शेयर सदस्य रहेका छन् । उहाँहरुले सबैलाई आमन्त्रण गर्नुहुन्छ । 

त्यहि भएका कारण केहि आएन भन्ने पनि ८० प्रतिशत मानिसले कार्यक्रमको अवलोकन गर्ने आशामा हामी रहेका छौ । यसरी हेर्दा खेरी दैनिक १६ देखि २० हजार मानिसले त्यहाँको ४ दिनको कार्यक्रममा सहभागिता हुनेमा हामी आशावादी छौ । 

कार्यक्रममा हाम्रो क्षेत्रका देखि लिएर छिमेकी क्षेत्रबाट, जिल्ला बाहिरबाट पनि दर्शक आउने आशामा हामी रहेका छौ । करिव ५० हजार मानिसले ४  दिन सम्ममा कार्यक्रमको अवलोकन गर्ने भन्नेमा हाम्रो आशा छ ।

थाहा नगरपालिकाको विभिन्न ठाउँमा  यसअघि पनि महोत्सव पहिले देखि हुदै आएको र हरेक महोत्सव विवादित र आर्थिक रुपले अपारदर्शी हुँदै आएको छ, यो महोत्सवलाई पारदर्शी बनाउने तयारी के गर्नु भएको छ ?

यस विषयमा हामीले  गम्भिर ध्यान दिएका छौं । अगाडिका महोत्सवको समिक्षा गर्दै यसपालि हामीले त्यसलाई सम्झन योग्य हुनै पर्छ भन्ने हिसाबले यसपालिको महोत्सवको रूपलाई परिवर्तन गरेका छौ । 

जस्तैः आर्थिक पारदर्शीताको विषय मुल मुद्दा हो । कहाँ बाट कति आम्दानी भयो ? कति खर्च भयो भन्ने कुरा मुल मुद्दा हो । यसलाई लिएर हामीले आम्दानी  र खर्चको विषयमा एकद्धार प्रणाली बनाएको छांै । प्रायोजन गर्नेहरुको लागि हामीले रसिद र बिल बनाएका छौ । 

जुन बिल र रसिदलाइ संयोजकले हस्ताक्षर गरेको र प्रमाणित गरेको मात्र मान्य हुने छ । रसिद आइपुग्ने र सोही अनुसार हिसाव हाम्रो हिसाबमा जोडिन्छ । अर्को कुरा, खर्चको पनि वान डोर सिस्टम  नै हुन्छ । खर्च कता गर्ने ? कसरी गर्ने भन्ने सिस्टम बनाएका छौ ।

सहसंयोजकले चाँही खर्चको जिम्मेवारी लिने गरि सिस्टम बनाएका छौ । अर्को कुरा चाही टिस्टुङ महोत्सवको नाममा मुल्य अभिबृदी करमा आन्तरिक राजस्व कार्यालयमा नै हामीले हामिले दर्ता गरेका छौं । 

जिल्ला प्रशासनको स्वकृतिक र थाहा नगरपालिकाको स्विकृति लिएका छौ । उहाँहरुबाट अनुमति लिइ सकेपछि राजस्व बिभागमा मुल्य अभिबृदी करमा दर्ता समेत गरेका छौ । राजस्व कार्यालयबाट हामीलाई पान नम्बर दिएको छ । टिस्टुङ महोत्सव मुल समारोह समितिको नामम अडिट गर्ने छौ । 

सम्पुर्ण नाफा नोक्सानको हिसाब किताब आन्तरिक राजस्व कार्यालयमा पेस गरिने छ । टिस्टुङ महोत्सव चार दिनको हुने छ ।  

समापन नेपाल सम्वत ११३९ मा गरिने भएकाले यसको औपचारिक कार्यक्रमको समापन कार्तिक २२ गते गते सामाजिक लेखापरीक्षण गरि सम्पन्न गर्छौ ।

अन्त्यमा संयोजकको हैसियतले के आग्रह छ आम सञ्चारकर्मीहरुलाई ?

मिडिया कर्मी मित्रहरूको प्रयासले मात्र हाम्रो कार्यक्रम सफल हुने हो ।  हामी कार्यक्रमको तयारीमा जुटेका छौं । यो बीचमा तपाईहरुको सहयोगले मात्रै यो कार्यक्रम सफल हुन्छ जस्तो लाग्छ । 

यो कार्यक्रमको अन्तिम अवस्थासम्म तपाईहरुले साथ दिनु हुने छ भन्ने आशामा हामी छौं । 

0 comments

Write Down Your Responses