Powered by Blogger.
फाखेलमा सक्रिय बचतको साधारणसभा सम्पन्न


मकवानपुर । इन्द्रसरोबर गाँउपालिका स्थित फाखेलमा स्थापित श्री सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । 

बुधबार फाखेलमा भएको साधारणसभाको ३ नम्बर प्रदेशका सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेका थिए । कार्यक्रममा गाँउपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा लामा, विभिन्न संघ संस्थाको प्रतिनिधीहरुको सहभागिता थियो । 

संस्थाका अध्यक्ष श्रमिक लामाको अध्यक्षतामा भएको कार्यक्रममा चर्चित गायक तथा गायिकाहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा चर्चित गायक अशोक तामाङ, चर्चित लोक दोहोरी गायक सरोज लामिछाने, सीमा भण्डारी लगायतको प्रस्तुती थियो । 

कार्यक्रममा गायक तामाङले घर मेरो सिस्नेरी बोलको गितमार्फत सम्पुर्ण सहकारीकर्मीहरुलाई नचाएका थिए । 

त्यस्तै रबिन्द्र लामाले पनि मौलिक भाकाको गित गाएर दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । 




0 comments

Write Down Your Responses