Powered by Blogger.
टिष्टुङ महोत्सव सफल पार्न उत्तरी क्षेत्रका सबै जनप्रतिनीधि लाग्ने


टिस्टुङ(बज्रबाराही) । मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित टिष्टुङ (बज्रवाराही)मा संचालन हुने टिष्टुङ महोत्सव–२०७५ लाई छिमेकी गाउँपालिकाको समेत सहयोग र साथ हुने भएको छ । 

थाहा नगरपालिकाका सबै वडाहरुले महोत्सव सम्पन्न गर्नका लागि भरपूर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । छिमेकी  इन्द्रसरोबर गाउँपालिका अध्यक्ष जीवन लामाले टिस्टुङ महोत्सवका लागि पर्याप्त सहयोग गर्ने र सो महोत्सव उत्तरी मकवानपुरकै आकर्षण भएको भन्दै टिष्टुङ महोत्सव सफल पार्न उत्तरी क्षेत्रका सबै जनप्रतिनीधि लाग्ने प्रतिवद्धता जनाएका हुन् । 

शुक्रबार महोत्सव आयोजक समितिका अध्यक्ष इन्द्र श्रेष्ठसंग भएको भेटमा यहि असोज २४ देखि २७ गतेसम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवलाई साहमुहिकताको साथ सफल पार्नका लागि इन्द्रसरोवर गाउँपालिकाको कार्यालय तथा पाँचवटै वडा कार्यालयहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । 

महोत्सव मूल आयोजक समितिले शुक्रबार थाहा नगरपालिकाको वडा नं. ९ र १० तथा इन्द्रसरोवर गाउँपालिकाको १ देखि ५ नम्बर सम्मका वडा अध्यक्षहरुसंग समेत छलफल गरेको हो । 

छलफलमा इन्द्रसरोवरले महोत्सव सफलताको साथ संचालन गर्नका लागि सहयोग गर्ने गाउँपालिका अध्यक्ष लामाले प्रतिवद्धता व्यक्त गरे । 

इन्द्रसरोवर गाउँपालिकाले आफ्नो गाउँपालिकाबासीको अर्थपूर्ण सहभागिता र आर्थिक रुपले समेत सकेको सहयोग गर्ने अध्यक्ष लामाको प्रतिवद्धता रहेको थियो । 

महोत्सव मूल आयोजक समितिको तर्फबाट संयोजक इन्द्रबहादुर श्रेष्ठले स्थानीय तहहरुका वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्षलाई महोत्सवको प्रस्तावना पत्र पेश गरेका थिए । 

छलफलमा महोत्सव मूल आयोजक समिति सचिवालयका सदस्य मेघराज बलामी, विष्णु गोपाली लगायतकाको सहभागिता थियो भने इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा ब्लोन लगायत वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । 

अधिकांश प्रवद्र्धनात्मक स्टलहरु रहने उक्त टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए ।


0 comments

Write Down Your Responses