Powered by Blogger.
३ नम्बर प्रदेशमा पर्यटक आकर्षण गर्न वृहत योजना


मकवानपुर । ३ नम्बर प्रदेश सरकारले प्रदेशका १० वटा स्थानलाई हिल स्टेशनको शुभारम्भ गरीएको छ । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा विहिबार मकवानपुरका ३ वटा पालिकामा पर्यटकिय क्षेत्र विकासका लागि विभिन्न कार्यक्रमहरु समेत घोषणा गरिएको छ ।

पर्यटन विकासको गुरुयोजनाभित्र २० वर्षअघि स्थापना भएको मैत्री बगैँचा पनि पर्ने छ । बगैँचा व्यवस्थापनका लागि प्रदेश सरकारले २५ लाख र भिमफेँदी गाउँपालिकाले २० लाख रुपैयाँ लगानी गर्ने निर्णय भइसकेको छ । मकवानपुरको भीमफेदी, ईन्द्रसरोवर, दामनको सिमभञ्ज्याङबाट चिल्लाङ्गको चन्द्रागिरिसम्म पर्टकीय क्षेत्रको रुपमा विकास गरिने छ । 

सरकारले १३ जिल्लालाई लक्षित गर्दै १० हिल स्टेसन पनि बनाउने छ । प्रत्येक स्टेसनमा ३ करोड खर्च हुने अनुमान छ । यसैगरी थाहाको चित्लाङमा चित्लाङ पर्यटक भ्यु टावरको निर्माण गरिने भएको छ । भ्यु टावर निर्माणका लागि एक करोड भन्दा माथि खर्च हुने अनुमान गरिएको छ । 

३ नम्बर प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलले ३९औं पर्यटन दिवसका अवसरमा भीमफेदी गाउँपालिकाको झीरघारी मैत्री बगैचा, थाहा नगरपालिमा घुम्न जाउँ दामन बर्ष २०७५ को झण्डोत्तलन, थाहा नगरपालिकामा नै चित्लाङ पर्यटक भ्यू टावर र भीमफेदी, इन्द्रसरोबर र थाहा नगरपालिका हिल स्टेशन कम्प्लेक्सको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नु भएको छ । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेशका १० वटा स्थानमा हिल स्टेशन विकास गर्न प्रदेश सरकारले योजना सुरु गरिसकेको बताउनुभयो । पर्यटक आकर्षण गर्न सरकारले बृहत योजनाहरुलाई अगाडि ल्याउने बताउनुभयो । 

पर्यटकिय क्षेत्रको सम्भावना रहेका क्षेत्रहरुमा सरकारले मात्र हैन स्थानिय तह तथा स्थानियबासीहरुको पनि सहयोग हुनुपर्ने बताउनुभयो । पर्यटकलाई घुम्न आउने वातावरणको लागि सबैले आ–आफ्नो ठाउँको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । 

३ नम्बर प्रदेश पर्यटकिय स्थलको धनी भएकोले यसको उच्चतम प्रयोग गरी आर्थिक समृद्धिमा सहभागि हुन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले राम्रा राम्रा पर्यटकिय स्थलको प्रचार प्रसार हुनुपर्ने बताउनुभयो ।

पर्यटकिय क्षेत्रको विकासका लागि मन्त्रालयहरुको धेरै योजना रहेको जानकारी दिनुभयो । पर्यटकको आकर्षण संगै उनीहरुको व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।



0 comments

Write Down Your Responses