Powered by Blogger.
पत्रकार महासंघद्धारा वर्गिकरण पुनरावलोकन गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण


काठमाडौं । प्रेस काउन्सिल नेपालमा नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर र ललितपुर शाखाले पत्रपत्रिका वर्गीकरणको पुनरावलोकनमा साना सञ्चारमाध्यमको उचित सम्बोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

काठमाडाँै शाखाका अध्यक्ष शन्तराम बिडारीको नेतृत्वमा गएको महासङ्घको टोलीले सोमबार काउन्सिलका सदस्य गोपाल बुढाथोकी तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोबिन्द आचार्यलाई ज्ञापनपत्रमा बुझाउँदै उचित पुनरावलोकनको माग गर्नुभएको हो । 

ज्ञापनपत्रमा साना सञ्चारमाध्यम र थोरै जनशक्ति हुनुको बाध्यताले सञ्चारमाध्यममा प्रकाशन भएका केही सामग्रीमा देखिएको स–सानो त्रुटिलाई आधार बनाएर केहीलाई ‘हुबहु’ र केहीको ग्रेड घटुवा गरिएकामा समयसीमाभित्र निवेदन प्राप्त भएका सञ्चारमाध्यमको उचित पुनरावलोकन हुनुपर्ने माग गर्नुभएको छ ।


काउन्सिलद्वारा हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२÷७३ र २०७३÷७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा प्रकाशनपछि नेपाल पत्रकार महासङ्घको मेरुदण्डका रुपमा रहेको मुलुकको सबैभन्दा ठूला शाखाहरु क्रमशः काठमाडौँ, ललितपुर र भक्तपुरमा धेरै गुनासा रहेको उल्लेख गर्दै ती गुनासोलाई सम्बोधन गर्नुपर्ने ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन पत्र ग्रहण गर्दै सदस्य बुढाथोकीले पत्रकारहरुलाई वाश्तवमै अन्याय परेको रहेछ भने जाँचबुझ गरी न्याय दिने प्रतिवद्धता जनाए । 



पछिल्लो समय व्यावसायिक मिडियाको बढोत्तरी भए पनि विगत लामो समयदेखि साना लगानीका सञ्चारमाध्यम र साप्ताहिक पत्रिकाले लोकतन्त्र, गणतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक परिवर्तनका पक्षमा पु¥याएको योगदान कदापि भुल्न नसकिने बताइएको छ । 



बिडारीसहित महासङ्घका भक्तपुर शाखा अध्यक्ष पुष्कर बुढाथोकी र ललितपुर शाखाका अध्यक्ष ज्ञानप्रसाद पौडेलसमेत जानुभएको थियो ।

कार्यक्रममा महासंघका अधयक्ष आचार्यले देशैभरीका पत्रपत्रिकाको गुनासो सम्वोधन गर्न पहल गरिने प्रतिवद्धता जनाए । सो कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुषाल, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा महासंघका केन्द्रीय पार्षद हेमराज सिलवाल, काठमाडौं शाखाका उपाध्यक्ष सुर्य सुबेदी, सचिव मोहन पन्त लगायतको उपस्थिति रहेको थियो । 



ज्ञापन पत्र यस्तो छः 

श्री अध्यक्ष ज्यु
प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम, काठमाडौं

मितिः २०७५–०५–१८

विषयः पत्रपत्रिका वर्गिकरणको पुनरावलोकनमा उचित सम्वोधन गरियोस् ।

उपरोक्त सम्वन्धमा देशैभरीबाट नियमित प्रकाशन हुँदै आएका पत्रपत्रिकाहरुको वार्षिक मुल्याङ्कन र वर्गिकरण गर्दै आएको वितरण संपरिक्षण समिति र स्वयम् प्रेस काउन्सिल नेपालको भूमिकाका सम्वन्धमा बेला बेलामा यसको सरोकारवाल पक्ष आमपत्रकारहरुबाटै प्रश्न उठ्ने गरेको छ । 

सिङ्गो आम सञ्चार क्षेत्रको अविभावक संस्था हुनुको नाताले काउन्सिलले त्यस्ता विषयहरुलाई गम्भिरतापुर्वक लिई सञ्चारक्षेत्रबाट उठेका गुनासाहरुको सम्वोधन पनि गर्दै आएको छ । 

यसै सन्दर्भमा काउन्सिलद्धारा हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०७२–७३ र २०७३–७४ को पत्रपत्रिका वर्गिकरणको नतिजा प्रकाशनपछि  नेपाल पत्रकार महासंघको मेरुदण्डको रुपमा रहेको मुलुकको सबैभन्दा ठुला शाखाहरु क्रमश काठमाडौं, ललितपुर र भक्तपुरमा धेरै गुनासाहरु प्राप्त भएका छन् । 

ति गुनासाहरुलाई यथाशक्य सम्वोधन गरी जिम्मेवार, मर्यादिन र जनउत्तरदायी पत्रकारिताको विकासका लागि नेपाल पत्रकार महासंघका उपत्यका स्थित तिनवटै शाखा प्रेस काउन्सिल नेपालसंग हातेमालो गरेर अघि बढ्न चाहेको पनि स्पष्ट गर्दछौं ।  

जीवन नै पत्रकारितामा समर्पण गरेका पुराना पत्रकारहरु तथा आफैं प्रकाशक–सम्पादक बनेर स्वरोजगारमुखी ढंगले साना लगानीमा राष्ट्र र जनताका लागि पत्रकारिता गरिरहेका केही वरिष्ठ पत्रकारहरु समेत यो निर्णय पछि आफुलाई अन्याय भएको महशुस गरेका छन् । 

साना मिडीया र थोरै जनशक्ति हुनुको वाध्यताले उहाँहरुका सञ्चारमाध्यमहरुमा प्रकाशन भएका  केही सामग्रीहरुमा देखिएको स–सानो त्रुटीलाई आधार बनाएर केहीलाई ‘हुबहु’  र केहीको ग्रेड घटुवा गरिएकोमा म्यादभित्र निवेदन प्राप्त भएका सञ्चार माध्यमहरुका मागलाई यथोचित सम्वोधन गरियोस् भन्ने हाम्रो आग्रह छ । 

पछिल्लो समय व्यवसायिक मिडीयाहरुको बढोत्तरी भएपनि विगत लामो समयदेखि साना लगानीका सञ्चारमाध्यमहरु र साप्ताहिक पत्रिकाहरुले लोकतन्त्र, गणतन्त्र, प्रेस स्वतन्त्रता र  सामाजिक परिवर्तनका पक्षमा पु¥याएको योगदान कदापि भुल्न मिल्दैन । 

प्रेस काउन्सिल नेपाल र हाल यहाँ रहनुभएका नेतृत्वहरुसमेत यही पृष्ठभुमीबाट आएको सन्दर्भमा साना लगानीका मिडीया सञ्चालकहरुले गौरव महशुस गरिरहेको सन्दर्भमा उनीहरुलाई अन्याय हुनु पक्कै शोभनिय हुँदैन । 

अझ महत्वपुर्ण कुरा त स्वास्थ्य, शिक्षा, जागरण र सामाजिक परिवर्तन तथा संविधानमै उल्लेख भए अनुरुपका समाजवादी अर्थ व्यवस्थालाई टेवा पुग्ने सामग्रीहरु (जसले आर्थिक समृद्धिको लक्ष्यलाई पुरा गर्न मद्दत गर्छ) त्यस्ता सामग्रीहरु जति धेरै मिडीयाहहरुमा प्रकाशन–प्रशारण भयो उती धेरै लक्ष्य हासिलका लागि टेवा पुग्ने हुनाले त्यस्ता सामग्रीहरुलार्इं प्रोत्साहीत गर्नुपर्ने देखिन्छ । 

त्यसबाहेक पछिल्लो समय पेचिलो बन्दै गएको राष्ट्रियताको सवाल, राष्ट्रिय एकता र अखण्डता, सिमा सुरक्षा संगैं राष्ट्रिय व्यक्तित्वहरुका अर्थपुर्ण र विशेष खालका लेख, रचना र अन्तरवार्ताहरु समेत प्राथमिकताका साथ  धेरै भन्दा धेरै मिडीयाहरुमा प्रकाशन गरि जनतालाई सुशुचित गरिनु उपयुक्त हुने हाम्रो सुझाव छ । 

तसर्थ प्रेस काउन्सिलले यि सम्पुर्ण विषयहरुलाई गम्भिरतापुर्वक विचार गरी पत्रपत्रिका वर्गिकरणको पुनरावलोकनमा उचित सम्वोधन गरियोस् भन्ने हाम्रो माग छ । 

पुष्कर बुढाथोकी 

ज्ञानप्रसाद पौडेल

शन्तराम बिडारी

अध्यक्ष
नेपाल पत्रकार महासंघ भक्तपुर


अध्यक्ष
नेपाल पत्रकार महासंघ ललितपुर 


अध्यक्ष
नेपाल पत्रकार महासंघ काठमाडौं





0 comments

Write Down Your Responses