अपराधबिरुद्ध ‘भी ग्रुप’को जागरण अभियान

काठमाडौं । बढ्दो अपराध न्यूनीकरण गर्ने उद्धेश्यसहित भर्सटाइल ग्रुप (भी ग्रुप) ले जनचेतनामुलक अभियान थालेको छ ।
केही दिन अघि मात्र सो पेप्सीकोला काँडाघारी क्षेत्रमा स्थापना भएको सो समुहले पहिलो चरणको अभियान अन्तर्गत बलात्कारविरुद्ध मोटरसाइकल ¥याली तथा सडक नाटक कार्यक्रम आयोजना गरेको छ ।
समुहले काठमाडौँको नागढुंगादेखि मकवानपुरको टिस्टुङ, पालुङ, बज्रबाराही, मार्खु लगायतका ठाउहरुमा ब्यानर र पम्प्लेट टास्दै सडक नाटक कार्यक्रम आयोजना गरेको हो ।
आगामी दिनमा पनि अपराधबिरुद्ध जनचेतना अभिवृद्धिका बिभिन्न कार्यक्रमहरु संचालन गर्ने र पिडितलाई राहत दिन सहयोग गर्ने ग्रुपका सदस्य सुबास केसीले जानकारी दिए ।
सो समुहले निकट भविश्य मैं वृक्षारोपण लगायतका कार्यक्रम समेत गर्ने सोच बनाएको बताइन्छ ।

0 comments
Write Down Your Responses