Powered by Blogger.
टिस्टुङ पालुङको पर्यटन प्रवद्धनका लागि सेतो पहरासम्म हाइकिङ


काठमाडौं । नेपाल मण्डल पर्यटन नगरी दक्षिण पश्चिम भेगको आयोजना तथा टिस्टुङ बज्रबाराही नेवा पुचःको सहआयोजनामा वृहत हाइकिङ कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सभा विधायन प्रत्यायोजन तथा सरकारी आश्वासन समितिको सभापति रामनारायण बिडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

नेपालीहरुको महान पर्व दशैं, तिहार तथा नेपाल संवत ११३९ को सन्दर्भमा उत्तरी मकवानपुरको टिस्टुङ, पालुङ, बज्रबाराही र दामनवाशीहरु घर जाने सुविधाका लागि गणेशमान मार्ग खुला गराउन जनदवाव सिर्जना गर्ने उदेश्यले हाइकिङ आयोजना गएिको हो ।



यही असोज २४ गते देखि टिस्टुङ बज्रवाराहीमा हुन लागेको टिस्टुङ महोत्सवको प्रचार प्रसार तथा प्रवद्र्धन गर्न र विश्व पर्यटन दिवश मनाउनका लागि सो हाइकिङ कार्यक्रम आयोजना गरिएको दक्षिण पश्चिम भेगका संयोजक विनोद मर्हजनले जानकारी दिनुभयो ।

चन्द्रागिरीको सेतो पहरासम्म पुगेको हाइकिङ टोलीले टिस्टुङ पालुङ क्षेत्रमा पर्यटक आकर्षीत गर्न उत्प्रेरकको काम गरेको नेवा पुचका अध्यक्ष हरिगोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रममा सभापति बिडारीले सो चित्लाङ चन्द्रागिरी सडक छिटो भन्दा छिटो सम्पन्न गर्दा उत्तरी मकवानपुरमा विकासको मुल फुट्ने र त्यसको लागि आफुले पहल गरिरहेको बताउनुभयो । 

सो हाइकिङमा चुनदेवी स्कुलका विद्यार्थीहरु, सामाजिक संघ संस्था तथा सुरक्षाकर्मीहरुको पनि  भव्य उपस्थिति रहेको थियो । 





0 comments

Write Down Your Responses