Powered by Blogger.
फाखेल–कुलेखानी–हेटौडा सडक दुइ लेनको पारिनेछः मन्त्री लामा


काठमाडौं । ३ नम्बर प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले फर्पिङ–फाखेल, कुलेखानी हेटौंडा सडकको हालत परिवर्तन गरिने प्रतिवद्धता जनाएका छन् । 

दक्षिणकाली नगरपालिका स्थित फर्पिङमा विधुवा एवं एकल महिला साना किसान कृषि सहकारी संस्था लिमीटेडको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री लामाले सो बाटो अब चौडा गरी दुइ लेनको पार्ने योजना प्रदेश सरकारले बनाएको जानकारी दिएका छन् । 

‘प्रदेशको राजधानी हेटौंडा छ, बर्खाभरी बाटो बन्द भएर समस्या प¥यो, अब उच्च प्राथमिकतामा पारेर यो बाटो बनाउने काम केही महिनाबाटै सुरु हुन्छ । ’–उनले जानकारी दिए । 

मन्त्री तामाङले सो सहकारी संस्थालाई आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनलाई संस्थाका अध्यक्ष टोकल तामाङ माग पत्र दिँदै संस्थाको पहलमा वृद्धवृद्धा हेरचाह केन्द्र बनउने योजना रहेकाले त्यसका लागि सक्दो सहयोग गर्न आग्रह गरेकी थिइन् । 

मन्त्री लामाले कृषि उत्पादन र पर्यटनलाई जोड दिएर काम सुरु गर्न आग्रह गर्दै सरकारको तर्फबाट यस्ता विषयलाई उच्च प्राथमिकतामा राखिएको बताए ।



कार्यक्रममा  पुर्व सांसद वीरबहादुर लामाले आफुले पहल गरेर सुरुवात गरेको बाटो अब दुइ लेनको बनाउने कुराले आफुलाई खुसी लागेको बताउँदै सबै मिलेर सहयोग गर्नुपर्ने धारणा राखे । 

त्यस्तै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले आफ्नो नगरभित्रको एकल र विधुवा महिलाहरुले सञ्चालन गरेको नमुना सहकारीलाई अगाडि बढाउन र उसले ल्याएको योजना पुरा गर्न आफु दृढताका साथ लाग्ने बताए । उनले फाखेलको बाटोलाई फरकीलो पारेर हेटौंडा स्थित प्रदेश राजधानी छिटो पुग्न सक्ने प्रवन्ध मिलाउन सके आम दक्षिणकालीवासीलाई फाइदा पुग्ने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका काठमाडौं अध्यक्ष शन्तराम बिडारीले पत्रकार हक, हित तथा क्षमता अभिवृद्धि कार्यक्रममा प्रदेश सरकार र स्थानीय निकायसंग सहकार्य गर्नु आवश्यक रहेको भन्दै सम्वन्धीन निकायको ध्यानाकर्षण गरे । 



कार्यक्रममा इन्द्रसरोबर गाँउपालिकाका अध्यक्ष जीवन लामाले दक्षिणकाली नगरपालिका र इन्द्रसरोवर गाँउपालिका छिमेकी भएकाले विकासका कार्यहरुमा साझेदारी गरेर अघि बढ्न सकिने धारण राखे ।

कार्यक्रममा समाजसेवी हरि काफ्ले, विभिन्न सहकारीका प्रतिनिधीहरु तथा सुरक्षाकर्मी एवं सञ्चारकर्मी र शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । 



0 comments

Write Down Your Responses