Powered by Blogger.
निर्माण व्यवसायीमा रवि सिंह


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घमा रवि सिंह नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार बिहान सम्पन्न मतगणनाा अनुसार सिंह ४६६ मत ल्याएर विजयी भएका छन् ।  

सिंहका निकटतम् प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत प्राप्त गरे भने अध्यक्षका उम्मेदवार रामशरण देउजा र पुरुषोत्तम मानन्धरले क्रमशः ६६ र ७ मत पाएका छन् ।

निर्वा्चित पदाधिकारी एवं सदस्यले आइतबार नै मुख्य निर्वाचन अधिकृत बाबुराम दहालबाट  शपथ ग्रहण गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डेले ४६५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मणकुमार रानाले ४२८ मत पाए ।
  
यसैगरी प्रदेश नं १ को उपाध्यक्षमा धीरेन्द्रकुमार दाहाल, प्रदेश नं २ को उपाध्यक्षमा सुरेन्द्रप्रसाद सिंह, प्रदेश नं ३ को उपाध्यक्षमा पेम्बा लामा (शेर्पा), गण्डकी प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहारी, प्रदेश नं ५ को उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र प्रदेश नं ७ को उपाध्यक्षमा टेकबहादुर सेट्ठी निर्विरोध निर्वा्चित भएका छन् । 

यता, एशोशियट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, उपमहासचिवमा टङ्कप्रसाद चौलागाई, उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया, कोषाध्यक्षमा हीरणकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा सरस्वती कार्की विजयी भएका छन् । 

यस्तै, सदस्यमा प्रमोद लामिछाने, सुरेन्द्रराज केसी, अशोककुमार केसी, इञ्जिनीयर भीमबहादुर पाल, डा सूर्यबहादुर खड्का, सुमन्त कोइराला, यज्ञप्रसाद खतिवडा, सञ्जयकुमार गुप्ता, शम्भु ठाकुर, होमकुमार शर्मा आचार्य, पञ्चराम तामाङ, उत्तम भट्ट, खिमप्रकाश मल्ल, बालाजु श्रेष्ठ, मेघजङ्ग शाह, चन्द्रप्रकाश थकाली, सुरतजङ्ग मल्ल, वीरबहादुर साउद, हरिप्रसाद भट्ट, रामजी पन्त, शिवहरि घिमिरे, उज्वल गौतम, इञ्जिनीयर विकास मल्ल निर्वा्चित भए ।  

निर्विरोध निर्वा्चित भएका महिला सदस्यमा मोहनकुमारी कालीकोटे, मनिकला रानामगर, बबिता कटुवाल र ताराकुमारी शाह छन् । 

तराई क्षेत्रबाट सन्तोष साह, जनजातिबाट दावा पेम्बा तामाङ, पिछडिएको क्षेत्रबाट मङ्गलबहादुर शाही र वस्तुगत सङ्घबाट तेजबहादुर राई निर्वा्चित भए ।

0 comments

Write Down Your Responses