Powered by Blogger.
हेटौँडा ७ को टोल स्तरीय फुटबलको तयारी पुरा, उद्घाटन भोली हुदै

हेटौँडा,१२ असोज ।
विगत २२ वर्षबाट हुँदै आएको टोल स्तरीय फुटबल प्रतियोगिता हेटौँडामा भोलीबाट सुरु हुने भएको छ । वडा नंबर ७ को पहिचानको रुपमा हुँदै आएको प्रतियोगिताको भोली दिउँस १ बजे उद्घाटन हुने आयोजकले जनाएको छ । न्युज क्लब नेपाल हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताको आयोजक नर्मल मुस्कान क्लबका अध्यक्ष मंगलबहादुर घलानले प्रतियोगिताको सबै तयारी पुरा भएको बताए । प्रतियोगितामा यो पटक ९ वटा टोलको सहभागिता रहेको भन्दै उनले प्रतियोगितालाई भब्य बनाउने सबै तयारी गरिएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै अगराठे टोल विकास सस्थाका अध्यक्ष अर्जुन श्रेष्ठले प्रतियोगिता वडा नंबर ७ को लागि उत्सव रहेको बताए । प्रतियोगितालाई भब्य तथा सभ्य बनाउने कुरामा आफुहरु पूर्ण रुपमा लागेको भन्दै उनले वडा नंबर ७ का स्थानीयहरुले प्रतियोगितालाई प्रत्येक वर्ष उत्सवको रुपमा मनाउने गरेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका आत्माराम बस्नेतले वडा विगत २२ वर्षबाट भएको प्रतियोगिता यहासम्म आउनु चानचुने विषय नभएको बताए । जव असोजमा वडा नंबर ७ मा फुटबल प्रतियोगिता हुन्छ तब यहाका मानिसहरुले दशै आएको महशुस गर्छन भन्दै उनले प्रतियोगिता भब्य रुपमा सफल हुने दाबी गरे ।
९ वटा टिम सहभागि प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाईने आयोजकले जनाएको छ । दुई समुहबाट विजेता तथा उपविजेता गरि चार वटा टिमलाई सेमिफाईनलमा लगिने आयोजकको भनाई रहेको छ । प्रतियोगिताको लागि करिब ४ लाख रुपैँया खर्च हुने आयोजकको अनुमान रहेको छ ।
यो पटक प्रथम हुनेले ३५ देखि ४० किलोको खसिको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २५ देखि ३० किलोको खसिको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई रहेको छ । प्रतियोगितामा दैनिक म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कारको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा आयोजकहरु अमर गुरुङ, सुजन तितुङ, ओमप्रसाद फुँयाल(अनिसआयु वावा) लगाएतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses