Powered by Blogger.
सुदेशा पन्तलाई कार्यक्रम प्रतिभाको आँगनको उपाधि

 
हेटौंडा । मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ कमानेमा रहेको माउन्ट एभरेष्ट ईङलिस बोर्डिङ् स्कुलमा भदौ २४ गते बाट भएको प्रतिभाका आँगन कार्यक्रमको उपाधि सुदेशा पन्तले जितेकीछिन । आज भएको फाईनल प्रतिष्पर्धामा १० जना प्रतियागीलाई पछि पार्दै पन्त प्रथम भएकी हुन । त्यस्तै प्रतियोगितामा दीक्षा प्रधान द्धितीय तथा मुस्कान श्रेष्ठ तृतीय भएकीछिन् । प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

लुजा आर्ट ग्रुपप्रा.लि.को आयोजनामा एन टिभी प्लसमा प्रसारण हुने कार्यक्रम प्रतिभाको आँगनले विद्यालयमै कार्यक्रम आयोजना गरेको थियो । । गत भदौ २४ गतेबाट सुरु भएको कार्यक्रममा ३१ जना छात्राहरुले अडिसनमा सहभागिता जनाएका थिए । सहभागी मध्ये २२ जना बीच आज प्रतिष्पर्धा गराईएकोमा १० जना सेमिफाईनलमा पुगेका थिए । १० मध्ये पन्तले उपाधि जितेकी हुन् । वालवालिकाहरुमा लुकेर रहेको प्रतिभालाई विद्यालय सम्मै पुगेर उजागर गर्नका लागि प्रतियोगिता आयोजना गरिएको लुजा आर्ट ग्रुपप्रा.लि.का कार्यक्रम संयोजक ऋषिश्रेष्ठले बताए । कार्यक्रमको निर्णायकका रुपमा पदम श्रेष्ठले गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठको अध्यक्षतामा कार्यक्रमभएको हो ।  फाईनल प्रतियोगता आगामी मंगलबार राति ९ बजेर ३० मिनेट पछि एनटिभी २ बाट प्रसारण हुने बताईएको छ ।


0 comments

Write Down Your Responses