Powered by Blogger.
लियोको स्लो बाइक राइट प्रतियोगितामा सुबर्ण थापा प्रथम


नेपालगन्ज ÷ स्लो बाइक राइट प्रतियोगितामा सुबर्ण थापा प्रथम भएका छन् । तिब्र गति जिबन क्षती भन्ने मुल नाराका साथ लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालको रिजन ११ का लियो क्लब अफ नेपालगन्ज खजुरा, लियो क्लब अफ नेपालगन्ज, लियो क्लब अफ नेपालगन्ज बागेश्वरी र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको मुख्य आयोजनामा भएको प्रतियोगितामा रितेश मल्ल द्धितिय र दुर्गेश शाहु तृतिय भएका थिए । 


 लायन्स पुर्ब डिस्ट्रिक गभर्नर लायन्स मधुसूदन शर्माको प्रमुख आथित्यतामा भएको  प्रतियोगितामा प्रथम द्धितिय र तृतियलाई नगद ८ हजार , ४ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको लियो क्लब अफ नेपालगन्ज खजुराकी कोषाध्यक्ष लियो एन्जल खड्काले जानकारी दिईन् ।

न्यु नेपाल अटो पार्टसको मुख्य प्रायोजन, लायन्स क्लब अफ नेपालगन्ज बजारको सहकार्य रहेको थियो । रिजन कोअडिनेटर लियो भावना रोकाको अध्यक्षतामा भएको प्रतियोगितामा ट्राफिक प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकाय, लियो पुर्व जिल्ला अध्यक्ष लायन्स बिष्णु श्रेष्ठ, लियो डिस्ट्रिक डाईरेक्टर लियो शिशिर सापकोटा, लियो एरिया चिफ कोअडिनेटर लियो अमित लामा, लियो क्लबका अध्यक्षहरु लियो बिधान बराल, लियो सुजित बैश्य, लियो शुभद्र प्रसाइ, लगायत थुप्रै युवाहरूको उपस्थिति रहेको थियो ।
 


0 comments

Write Down Your Responses